कोहलपुर :
बाँकेको बैजनाथ गाउँपालिका १ गाँभर चोकमा युवाहरुले किट छर्केका छन् ।
सबैभन्दा बढी मानिसहरुको बसोबास हुने क्षेत्र रहेकोले कोरोनाबाट बच्नको लागि त्यहाँका युवाहरुले किट मारका औषधि छर्केका हुन् ।
युवा निश्चल विक्रम शाहले केही दिन अघि भारतबाट आएका व्यक्तिहरु त्यहाँ बसेको र स्थानीयहरु समेत त्यहाँ बस्ने गरेकोले सुरक्षा अपनाउनको लागि किट छर्किएको बताए ।
उनका अनुसार कोरोना संक्रमण नहुन नदिनको लागि किट छर्किने काम गरिएको हो । शाह लगायतको युवाहरुको टिम बाँकेमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।
प्रकाशित मिति : २०७६ चैत १३ गते बिहीबार










प्रतिक्रिया दिनुहोस्