कोहलपुर :
बाँकेको कोहलपुर क्षेत्रमा सरकारले जारी गरेको लक डाउन अवज्ञा गर्ने साढे एक सय सवारी प्रहरीले नियन्त्रणमा लिएको छ ।
विश्वभरी कोरोना भाइरस संक्रमणको जोखिम भइरहेको बेला नेपाल सरकारले आह्वान गरेका लक डाउन अवज्ञा गरेर बाहिर निस्केको १ सय ५० वटा सवारी साधनहरुलाई नियन्त्रणमा लिइएको हो ।
इलाका प्रकारी कार्यालय कोहलपुरले निर्देशन उल्लंघन गर्ने र घर भन्दा बाहिर हिड्नेहरुलाई कारबाही गरिएको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डियसपि कुलदेव चन्दले लक डाउन उल्लंघन गर्ने स्थानीयका मोटरसाइकल नियन्त्रणमा लिइएको बताए । केही संख्यामा बाहेक अन्य स्थानीयले लक डाउन पालना गरेको उनको भनाई छ ।
यस्तो अवस्था कसैलाई पनि घर बाहिर ननिस्कन उनले आग्रह समेत गरे । आगामी चैत २१ गते सम्मका लागि सरकारले लक डाउन गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति : २०७६ चैत १२ गते बुधबार










प्रतिक्रिया दिनुहोस्