भरुवा बन्दुकसहित दुई पक्राउ



बर्दिया ।

बर्दियामा अवैध भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपाल बिओपि मधुवन धरौराबाट गस्तीमा रहेको टोलीले अवैध बन्दुक र गोलीसहित दुई जनालाई पक्राउ गरेको हो ।

मधुवन नगरपालिका ७, गंगाबस्तीबाट सोही ठाउँका ५० वर्षिय लिल बहादुर कुँवर, मधुवन ९ बस्ने ३६ वर्षिय दिल बहादुर चौधरीलाई अवैध हतियारसहित पक्राउ गरिएको थियो । शंका लागेर खानतलास गर्दा भरुवा बन्दुक १ थान, सोमा लाग्ने गोली १२ थान, बारुद २ सय ५० ग्राम, भरुवा बन्दुकमा लाग्ने व्यारिङ्गको गोली ३५ थान, केप ८ थान बरामद गरिएको सशस्त्र प्रहरी बल गुलरियाले जनाएको छ ।

त्यसैगरी भरुवा बन्दुकमा लाग्ने सानो छर्रा २६ थान, खुकुरी १ थान, चक्कु १ थान, बन्चरो १ थान र मोबाईल २ थान बरामद गरिएको थियो । अवैध हातहतियारसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बर्दियामा बुझाइएको शसस्त्र प्रहरी बल बर्दियाका सशस्त्र प्रहरी उपरिक्षक यादव विश्वकर्माले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत ७ गते शुक्रबार