30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

बाँसगढीमा कोरोना संक्रमण रोकथाम बारे छलफल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, चैत्र ३, २०७६  

बाँसगढी :

बर्दियाको बाँसगढी नगरपालिकाको आयोजनामा विश्वभरी फैलिएको कोरोना भाइरसबाट बच्ने उपायका विषयमा अन्तरक्रिया तथा छलफल गरिएको छ ।

विशेषगरी बाँसगढी क्षेत्रमा कोरोना संक्रमण हुन नदिन अपनाउनु पर्ने सावधानी र तयारीका बारेमा सरोकारवाला निकायसँग छलफल गरिएको हो ।

उक्त अवसरमा समग्रमा बर्दिया जिल्लामा गरिएको तयारी र कोरोनाको वर्तमान अवस्था, विश्वको अवस्था, लक्षण, कारण र सावधानीका उपायका विषयमा जानकारी गराइएको थियो ।

उक्त अवसरमा बोल्दै बाँसगढी नगरपालिकाका प्रमुख सालिकराम अधिकारीले कोरोनाबाट बच्नको लागि सबैले व्यक्तिगत रुपमा सावधानी अपनाउनु पर्नेमा जोड दिएका छन् ।

उनका अनुसार नगरपालिका समेत यस विषयमा गम्भीर भएर लागि परेको छ ।

कोरोनाको संक्रमण छिमेकी देश भारतमा समेत कोरोना फैलिसकेको छ । विश्व स्वास्थ्य संगठनले नेपाल समेत कोरोनाको उच्च जोखिमयुक्त देशको रुपमा रहेको उल्लेख गरिसकेको छ ।

प्रकाशित मितिः सोमवार, चैत्र ३, २०७६     10:41:24 AM  |