सि.जि फुड्स बर्दियाको बार्षिक उत्सवमा भव्य कार्यक्रम



रावन विश्वकर्मा,बाँसगढी, बर्दिया,

सि.जि.फुड्स ईन्टरप्राईजेज प्रा.लि बर्दियाले चौथो बार्षिक उत्सव तथा ११० औँ अन्तराष्ट्रिय महिला श्रमिक दिवस भव्यताका साथ मनाएको छ ।

बर्दियाको बाँसगढी नगरपालिका ३ मा अवस्थित प्रा.लिले आईतबार भव्यताका साथ चौथो बार्षिक उत्सव तथा महिला श्रमिक दिवस मनाएको हो ।

बार्षिक उत्सवको अवसरमा जि.जि फुड्सले कम्पनी स्थापनाका लागि जग्गा खरिदमा सहयोग पुर्याउने बाँसगढी बर्दियाका रामकृष्ण पौडेललाई सम्मान गरेको छ ।

त्यस्तै सि.जि फुड्स प्रा.लि बर्दिया द्धारा उत्पादित चाउचाउ सुदुर पश्चिम प्रदेशमा सर्वाधिक कारोबार गर्ने अधिकृत विक्रेता महालक्ष्मी डिष्टिव्युटर्स एण्ड सप्लायर्स महेन्द्रनगर कञ्चनपुर र कर्णाली प्रदेसमा सर्वाधिक कारोबार गर्ने न्यु वली स्टोर एण्ड अडर सप्लायर्स सुर्खेतलाई प्रमाण पत्र र सिल्भर कुइन दिएर सम्मान गरेको छ ।

त्यस्तै स्थापना काल देखि हाल सम्म सहकार्य गर्ने डिलरहरु हेमा जनरल स्टोल डडेल्धुरा र सुभव टे«डर्स मेहलकुना सुर्खेतलाई पनि सम्मान गरिएको छ । त्यस्तै समाज सँग सहकार्य कार्यक्रम अन्तरगत जनता मावि वेलवालाई नगद ८० हजार सहयोग गरेको छ ।

जनता मावि वेलवाले आउदो बर्ष देखि प्लस टु सँगै कक्षा २ सम्म अंग्रेजी मिडियममा कक्षा सञ्चालन गर्ने भएकाले विद्यालयको शैक्षिक तथा भौतिक उन्नतीको लागि आर्थिक सहयोग गरेको जि.सि फुड्स प्रा.लिका महाप्रवन्धक रामकाजी सिटौलाले बताए ।

महाप्रवन्धक सिटौलाले विद्यालयका प्रधानाध्यापक ढाकाराम ढकाललाई चेक हस्तान्तरण गरेका थिए । सि.जि कम्पनीले बार्षिक उत्सवमा बिभिन्न खेलकुद प्रतियोगिताको समेत आयोजना गरेको थियो ।

विगतका बर्षहरु जस्तै यो बर्ष पनि प्रा.लिले फुटबल, भलिवल, कवड्डी, म्याराथुन रेस, स्वलो साईकल रेस, टेवल टेनिस, ब्याटमिन्टन, चेस, डोरी तान्ने खेल लगायतका खेलकुद प्रतियोगिताको आयोजना गरेको थियो । बार्षिक उत्सवको भव्य कार्यक्रमका बिच प्रतियोगितामा सहभागि भई उत्कृष्ट हुने खेलाडीहरुलाई शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिएको थियो ।

सोही अवसरमा खेलकुद प्रतियोगिता सफल पार्न सहयोग पुर्याउने खेल प्रशिक्षकहरु सँगै प्रमाण पत्र तयार पार्न सहयोग पुर्याउने गोविन्द न्यौपानेलाई समेत मायाँको चिनो दिएर सम्मान गरिएको थियो । त्यस्तै बार्षिक उत्सव तथा अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा एकल नृत्य तथा गायन प्रतियोगिता समेत गराईएको थियो ।

सि.जि फुड्स ईन्टरप्राईजेज प्रा.लि बर्दियाका प्रमुख राजिव सिङ राजपुतको अध्यक्षतामा भएको कार्यक्रममा बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारी, सि.जि फुड्स ईन्टरप्राईजेज प्रा.लिका महाप्रवन्धक रामकाजी सिटौला, खड्क पौडेल, समाजसेवी खड्क बहादुर खड्का, बाँसगढी ३ का वडा अध्यक्ष प्रेमराज पौडेल, कम्पनीका विभिन्न विभागका प्रमुख, कर्मचारी, कामदार लगायतको सहभागिता रहेको थियो । सर्मिला निरौलाले सञ्चालन गरेको कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुति सँगै थारु नाच समेत देखाईएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ फागुन २५ गते आइतबार