नाट्टा बाँके च्याप्टरको नेतृत्वमा ‘पुरानै टिम’



कोहलपुर ।

नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको प्रथम वार्षिक अधिवेशन सम्पन्न भएको छ । बाँकेको पर्यटकीय क्षेत्र गाभर भ्यालीमा शनिबार सम्पन्न अधिवेशनले नयाँ नेतृत्व समेत चयन गरेको छ ।

प्रथम अधिवेशनले गत भाद्र ७ गते गठन गरीएको तदर्थ समितिलाई मान्यता प्रदान गर्दै सोही कमिटिलाई निरन्तरता दिएको छ । अधिवेशनबाट नाट्टा बाँके च्याप्टरको अध्यक्षमा श्रीराम सिग्देल दोहोरीएका छन ।

त्यसैगरी उपाध्यक्षमा डिल्लीराम रेग्मी, महासचिवमा झविलाल शर्मा, सचिवमा भागिराम वली, कोषाध्यक्षमा राम बहारदुर श्रेष्ठ र सह-कोषाध्यक्षमा पारश शाहले ले निरन्तरता पाएका छन ।

सदस्यतर्फ पुरानो समितिका शम्भु बुढाथोकी, अजमल सिद्दिकी र कुमार चाल्स श्रेष्ठले निरन्तरता पाँउदै गर्दा लवराज प्रधान र कूलबहादुर के.सी. नयाँ सदस्यका रुपमा चयन भएका छन ।

नाट्टा बाँके च्याप्टरको १३ सदस्यीय तदर्थ समितिलाई घटाउँदै ११ सदस्यीय कार्यसमिति चयन गरीएको नव निर्वाचित सचिव भागिराम वलीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ फागुन २४ गते शनिबार