कोहलपुर ।
बाँकेको कोहलपुरमा रहेको कोहलपुर बागेश्वरी अंग्रेजी मिडियम विद्यालयलाई नेपाली सेनाले छनौट गरेको छ ।
आफ्ना सदस्यहरुका छोराछोरीहरुको पठनपाठन गराउने उद्देश्यका साथ सेनाले बागेश्वरीलाई छनौट गरेको हो ।
विद्यालयका संस्थापक विष्णु प्रसाद केसीले नेपाली सेनाको छनौट पश्चात सम्झौता समेत भइसकेको जानकारी दिए ।
‘कोहलपुर नगरका बालबालिकाले पनि गुणस्तरीय शिक्षा प्रदान गरिरहेका थियौं’ उनले भने, ‘तर अहिले नेपाली सेनाले पनि छनौट गरेको छ ।’ आर्थिक वर्ष २०७७÷०७८ देखि नेपाली सेनाले आफ्ना सदस्यहरुका छोराछोरीलाई भर्ना गर्ने उनले बताए ।
प्रकाशित मिति : २०७६ फागुन २३ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्