कोहलपुर ।
बाँकेको राप्तीसोनारी गाउँपालिका ७ मा आज निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद कृष्णा केसी (नमुना) को पहलमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाँकेको आयोजनामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर हुन गइरहेको हो । त्यस क्षेत्रमा पहिलोपटक हुन गइरहेको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर वडा नम्बर ७ को खल्लाझगडिया गाउँमा हुनेछ ।
निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरका सम्पूर्ण तयारी पूरा भइसकेको सांसद नमुनाका स्वकीय सचिव सुर्य घर्तिमगरले जानकारी दिए । ‘खल्ला झगडियामा हुने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरको सबै तयारी लगभग पूरा भइसकेको छ’ मिसन टुडेसँग बुधबार साँझ कुरा गर्दै उनले भने, ‘त्यहाँको अमर ज्योती माविमा हुने शिविरमा धेरै भन्दा धेरै स्थानीयहरुको सहभागिता हुने अपेक्षा लिइएको छ ।’
शिविरमा बाथ तथा अन्य जोर्नी रोग, अम्लपित्त, उच्च रक्तचाप, छालाका रोग, बाल रोग, स्त्री रोग लगायत विभिन्न रोगको सेवा दिइने आयुर्वेद स्वास्थ्य केन्द्र बाँकेका प्रमुख डा. अनिल कुमार चौधरीले जानकारी दिए । उनका अनुसार निःशुल्क स्वास्थ्य शिविर आज बिहान ९ बजेदेखि विद्यालय परिसरमा सञ्चालन हुनेछ । स्वास्थ्य शिविरमा आयुर्वेद चिकित्साको बारेमा जानकारी दिने कार्यक्रम समेत रहेको छ ।









प्रतिक्रिया दिनुहोस्