नेपालगञ्ज ।
नेपालगञ्ज इलेक्ट्रोनिक्स एशोसिएसनले आफ्नो स्थापना दिवसको अवसरमा बालगृहलाई शैक्षिक साम्रगी र खाद्यान्न प्रदान गरेको छ । बुधबार एशोसिएसनले आफ्नो स्थापनाको छैंटौं वर्ष पारेर नेपालगञ्जस्थित एक बालगृहलाई शैक्षिक साम्रगी र खाद्यान्न प्रदान गरेको हो ।
उक्त साम्रगी अनाथालय सञ्चालन गर्दै आएको समाज विकास तथा प्रवर्द्धन केन्द्रका प्रमुखलाई नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ ले प्रदान गरेका थिए । केन्द्रका तर्फबाट प्रमुख मीन बहादुर अर्यालले उक्त सामग्रीहरु बुझेका हुन् ।
संस्थाको सामाजिक उत्तरदायित्व अन्तरर्गत विगतका वर्षहरुमा जस्तै यसवर्ष पनी अनाथालयलाई विभिन्न साम्रगीहरु वितरण गरिएको नेपालगञ्ज इलेक्ट्रोनिक्स एशोसिएसनका उपाध्यक्ष प्रमोद गुप्ताले जानकारी दिए ।
अनाथालयलाई एक क्विन्टल चामल, दाल, स्टेशनरी लगायतका साम्रगीहरु सहयोग गरिएको थियो । सोही अवसरमा एशोसियशनले नेपालगञ्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्