कोहलपुर ।
अनेरास्वयुको केन्द्रिय कार्यक्रम अनुसार अनेरास्वयू बाँकेले जनयुद्धका पहिलो सहिद दिल बहादुर रम्तेलको २५ औं स्मृति दिवस मनाएको छ । नेपाल दलित मुक्ती संगठनको आयोजनामा बाँकेले जनयुद्धका पहिलो सहिद दिल बहादुर रम्तेलको २५ औं स्मृति दिवस मनाइएको हो ।
कार्यक्रममा अनेरास्वीयूका पूर्व अध्यक्ष तथा नेकपा प्रदेश नं. ५ कमिटिका सदस्य नरेन्द्र न्यौपानेले जनयुद्धका महान सहिदहरुको बलिदानबाट प्राप्त उपल्धीको रक्षार्थ अनेरास्वयू सधैं कटिवद्ध रहने बताए । उनले शहिदहरुले देखाएको बाटोबाट बिचित नहुन समेत आग्रह गरेका थिए ।
अनेरास्वयूका बाँके जिल्ला संयोजक सुरेन्द्र शाह जम्बोले १० वर्षे जनयुद्धले नेपालमा थुप्रै परिवर्तन ल्याएकाले जनयुद्ध सही सावित भएको बताए ।
जनयुद्ध सुरू भएपछि राज्यले हत्या गरेको पहिलो व्यक्तिका रुपमा रम्तेललाई नेपालका क्रान्तिकारीहरुले युगौंयुगसम्म सम्झने बताउँदै जम्बोले तत्कालिन राज्य सत्ताको बिरुद्धको लडाईले देशमा सबैखालका परिवर्तन सम्भव भएको जिकिर गरे ।









प्रतिक्रिया दिनुहोस्