कथा : मेरी आमा



मिना थापा।

एउटा सानो घर बाबा, आमा, हजुरबुबा, हजुर आमा अनि म ! जसो तसो बाबा आमाले हातका नग्ग्रा खियएरै भयेपनि खुसिका साथ जिन्दगी चलेकै थियो हामी खुसिनै थियौ । केही महिनापछि बाबा लाई बिसन्चो हुँदै गयो सामन्यनै हो भनी घरकै उपचार झाड फुक गरियो । बेला बेला सन्चो भयेझै गर्नुहुन्थ्यो बाबाले । अब निको भैहाल्छ भनी धेरै वास्ता गरिएन । कहिले सन्चै कहिले बिसन्चै देखिनुहुन्थ्यो बाबा ।

दुई महिना पछिको कुरा हो बाबा सारै बिरामी पर्नुभो बाबाको रोगलाइ गाउको औषधिले ठिक पार्न सकेन । त्यसैले शहरको हस्पिटलमा लग्ने भनियो गाउँको ठाँउ न हो । भन्न बित्तिकै गाडि कहाँ पाइन्छ र ? घरदेखि गाडि पाइने ठाउँमा पुग्न दुई घन्टा लाग्थ्यो । बाबालाइ सारै गारो भैसकेको थियो । तेसैले गाडी जजिक पुग्ने बेला बाबाले हामिसबैलाई छाडेर जानुभो । जब बाबाको सास रोकियो भन्ने थाहा भो ! आमा भक्कानो छाडेर रुनुभो । अनि हजुरबुबा हजुरामा पनि त्सपछिको बाबाकोलाई घर लगियो । गाउँका सबै मान्छे जम्मा भय । रोयेर कराएर स्वर बसी सकेको थियोे मेरी आमाको त्येसरिनै काजकृया सम्पन्न भयो ।

तेति बेला म चारबर्ष्कि थिए । समयमा सङसङै सबै घाउ निको हुँदै गयो तर मेरि आमाले आफ्नो गहिरो घाउलाई बिर्सिनको लागि दिनमा एक प्याकेट चुरोट पिउथिन । पाछि बिस्तारै हजुरमाले मेरि आमालाई नानाथरी दोष लगाउन थल्नुभो ! मेरो बाबालाई मेरि आमाले खाको रे ! मेरी आमा कुल्छिना हो रे ! मेरि आमा पोइ टोकुवा हो रे ! येस्ता नराम्रो आरोप सुन्न्न पथ्र्याे मेरी आमाले ! त्यहि पिरलाई कम बनाउन दिन दिनै झन् कुलतमा फस्दै गइन मेरि आमा ! मान्छे न हो कति सहेर बस्न सक्थिन ।मेरि आमा असह्य भएर मलाई काखम च्यापेर चप्पलै नलगाई हिडिन।

कसैले रोकेन मेरी आमलाई हुनत घरकाले नै वास्ता नगरेछी अरु कस्ले गथ्र्याे र ! तेस्तै खाली खुट्टा जङ्गलको बाटो मलाई काख्मा लिएर हिडिन मेरी आमा ! टेकेको ठाउँमा रगतको पाइला बस्थ्यो मेरी आमाको ! जङ्गलको बाटो न हो । ढुङ्गा काठले मेरी आमाको खुट्टा रगतै रगत भैसकेको थियोे । जङ्गलको बाटो हिंड्ददा हिंड्दा थकिसके किथिन मेरी आमा अनि अधेरो पनि भैसकेको थियोे । तेसैले एउटा सानो रुख मुनि अफ्नो पटुका तानी मलाई तेस्मै राखिन । साना दाउरा खोजि आगो बालिन । मेरी आमा चुरोटको फ्यान्नै भैइसकेकी थिएन । बाध्येताले गर्दा तेसैले उनीसंग सलाइ थियो त्यही सलाईले आगो बालिन । मेरो कपाल सुम्सुमाउदै मलाई हेर्दै रुन थलिन मेरी आमा ।………बाकी अर्को हप्ता

  • No tags available
प्रकाशित मिति : २०७६ फागुन १३ गते मंगलबार