29 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

बास्कोटाको अडियो प्रकरणका विषयमा प्रधानमन्त्री संसदमा आएर बोल्नुपर्छ : गगन थापा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन १२, २०७६  

बाके, फागुन ।

नेपाली कांग्रेसका नेता गगन थापाले सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणका विषयमा प्रधानमन्त्री संसदमा आएर बोल्नुपर्ने बताएका छन । बाकेको कुसुममा कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने, ‘त्यो अडियो प्रधानमन्त्रीले सुन्न भएको हो कि होइन रु प्रधानमन्त्रीले सुन्नु भएको होइन भन्ने कुराको विश्वास हामीलाई नदिलाएम्म कुनैपनि हालतमा भोलिको संसदको बैठक चल्न दिनु हुन्न, यो गोकुल बाँस्कोटासँग जोडिएको विषय मात्र होइन, हामी प्रधानमन्त्री संसदमा नआउँदा सम्म संसद चल्न दिन्नौं, प्रधानमन्त्री आउनुपर्छ, बोल्नुपर्छ, हाम्रो चित्त बुझ्नुपर्छ अनि मात्र चल्छ, होइन भने चल्दैन।’

बाँकेको कुसुममा आइतबार आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै नेता गगन थापा ।

पूर्वमन्त्री समेत रहेका नेता थापाले नेपाल कम्युनिष्ट पार्टी भित्रको झगडा भुसको आगो जस्तै भएको बताए। ‘यो भुसको आगोले क–कसलाई डढाउँछ, हामीलाई थाहा छैन, उहाँहरुको पार्टीभित्र डढेंलो कसरी लाग्छ, त्यो उहाँहरुको विषय हो,’ उनले भने ‘जसरी राष्ट्रिय सभामा बामदेव गौतम जीलाई लिएर जाने भन्ने खालको विषय आयो, यो सबै विषयले के देखाएको छ, भने कम्युनिष्ट पार्टीभित्र लागेको डढेंलोले संविधानलाई डढाउन सक्छ, त्यसकारण यो बेलामा संबिधान जोगाउने काम हाम्रो हो।’ कम्युनिष्ट पार्टी भित्रको झगडाबाट लागेको डढेंलोले संविधान नै आगो लाग्ला, संबिधान नै निल्देला भन्ने अवस्था बनिसकेको थापाको चिन्ता छ। ‘कहिले कानुन बनाएर निल्देला भन्ने डर, कहिले त्यहाँभित्रको लोभ र पापले गर्दा उनीहरुको शक्ति संघर्षले निल्देला भन्ने डर, यो बेलामा कांग्रेस माथीदेखी तलसम्म दृढ भएर उभिनुपर्ने अवस्था छ,’ उनले थपे।

२०७९ सालसम्मको चुनावमा पुग्ने बेलासम्म सबभन्दा पहिला चुनाव गराउने पद्धतीलाई जोगाउनुपर्ने थापाले जोड दिए। निर्वाचन जित्ने वा हार्ने कुरा पार्टीका लागि महत्वपुर्ण कुरा भएपनि सम्पुर्ण कुरा नभएको उनले प्रष्ट्याए। मुलुक सही पार्टी र सही ब्यक्तिको हातमा नहुँदा खतरामा रहेको नेता थापाले बताए। कारले निर्वाचनबाट प्राप्त गरेको जनादेशलाई गलत प्रयोग गरेर सत्ता कब्जा गर्ने जुन देखिएको छ, हाम्रो सन्दर्भमा पनि करिव– करिव यस्तै अवस्था निर्माण गर्न खोजिएको छ,’ उनले भने ‘अहिले संसदमा आएको केही कानुनहरु हेरे पुग्छ।’ थोरै संख्यामा भएपनि प्रतिपक्षको भुमिका जसरी गर्नुपर्ने हो, त्यसमा चुकेको थापाले स्वीकार गरे। संसदभित्र कानुन निर्माण गर्ने प्रक्रियामा कांग्रेस संख्यात्मक रुपले थोरै भएपनि सरकारलाई पेलेर अगाडी बढ्न नदिएको उनको दाबी छ।

‘तर त्यो लामो समयसम्म रोक्न सकिन्न, त्यसकारण तलबाट पार्टीको ताकत चाहिन्छ, कानुन पारित गराउन खोज्दै गर्दा त्यसलाई रोक्न जब हामी संसदमा संघर्ष गर्छौ,’ थापाले भने ‘सडकमा हाम्रो पार्टीको साथीहरु आउनु भयो र नागरिकलाई सँग–सँगै ल्याउन सक्यौं भने त्यसको ताकतमा उसले त्यो कानुन पास गराउन सक्दैन, सरकार फिर्ता जान्छ, सरकारले सच्याउँछ, होइन भने सरकारले पेलेर कानुन पारित गर्छ।’ बाँकेको कुसुममा आइतबार आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै नेता गगन थापा ।

प्रकाशित मितिः सोमवार, फाल्गुन १२, २०७६     8:42:15 PM  |