बाँसगढी मेयर कप रनिङ्ग शिल्ड पूर्णकालिन, नेरा मावि लक्ष्मणपुरको ह्याट्रिक



रावन बिश्वकर्मा । बाँसगढी ।

लगातार ३ वर्ष बाँसगढी मेयर कपको उपाधि उचाल्दै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लक्ष्मणपुले ह्याट्रिक गरेको छ । शैक्षिक सत्र २०७४ साल देखि सुरु भएको बाँसगढी मेयर कपको पहिलो संस्करण देखि तेस्रो संस्करण सम्म सर्वाधिक स्वर्ण जित्दै विद्यालयले ह्याट्रिक गरेको हो । विद्यालयले तीन वटा संस्करण कुल ६२ वटा स्वर्ण प्राप्त गरेको छ । नेरा मावि लक्ष्मणपुले शैक्षिक सत्र २०७४ सालमा भएको मेयर कपको पहिलो संस्करणमा १९ स्वर्ण पदक प्राप्त गरेको थियो । यस्तै २०७५ सालमा भएको दोस्रो संस्करणमा २२ स्वर्ण र शैक्षिक सत्र २०७६ सालमा २१ स्वर्ण पदक जित्दै ऐतिहासिक उपलब्धि हासिल गरेको विद्यालयका प्रधानाध्यापक अर्जुन प्रसाद तिवारीले जानकारी दिए ।

नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालय सहभागि भई ४२ वटा स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा नेरा मावि लक्ष्मणपुरले २१ स्वर्ण पदक ४ रजत पदक र ५ कास्य पदक प्राप्त गरी सर्वोउत्कृष्ट विद्यालय बन्यो । लगातार ३ वर्षसम्म स्वर्ण मेडल जितेर मेयर कप रनिङ्ग शिल्ड पूर्णकालिन रुपमा हासिल गर्न समेत सफल भएको छ । त्यस्तै प्रतियोगितामा एथलेटिक्स छात्र तर्फ सागर पौडेल र एथलेटिक्स छात्रा र कबड्डी तर्फ खिममायाँ खत्री सर्वोउत्कृष्ट खेलाडी घोषित समेत भइन् । विद्यालयले लगातार ३ वर्ष उपाधि हासिल गरे सँगै विद्यालयले ऐतिहासिक जित हात पारेको विद्यालयले जनाएको छ । विद्यालयले छात्र छात्रा एथलेटिक्स, छात्रा कवड्डी तर्फका खेलहरुमा जित हासिल गर्दै ह्याट्रिक गर्न सफल भएको हो ।

विद्यालयलाई ह्याट्रिक गर्नका विद्यालयका छात्र सागर पौडेल र छात्रा खिममाया खत्री लगायत सम्पूर्ण विद्यार्थीहरुको ठुलो मेहेनत रहेको विद्यालयले जनाएको छ । नेरा मावि लक्षणपुर खेलकुद क्षेत्र सँगै शैक्षिक उपलब्धि हासिल गर्ने विद्यालयको रुपमा समेत अगाडि रहेको विद्यालयका प्रधानाध्यापक तिवारीले बताए । उनका अनुसार शैक्षिक सत्र २०७४ सालमा विद्यालयको ५७ प्रतिशत सिकाइ उपलब्धि रहेको र शैक्षिक सत्र २०७५ सालमा समग्र विद्यालयको शैक्षिक उपलब्धि ६१ प्रतिशत रहेको छ । विद्यालय बाँसगढी क्षेत्रमा खेलकुद सँगै शैक्षिक गुणस्तरमा समेत विद्यालय अगाडि रहेको जनाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ फागुन ११ गते आइतबार