सम्पादकीय : धार्मिक पर्यटनको सम्भावना



अहिले नेपाल भ्रमर्ण वर्ष २०२० चलिरहेको छ । २० लाख पर्यटक महत्वकांक्षा सहित शुरु भएको भ्रमर्ण वर्ष औसत रुपमा चलिरहेको छ । देशभर झै प्रदेश पाँचमा समेत पर्यटक भित्र्याउन विभिन्न खाले गतिविधि भइरहेका छन् । प्रदेश पाँचमा घुम्नै पर्ने मध्ये एक बाँके राष्टिय निकुञ्ज पनि हो । नेपाल कै कान्छो निकुञ्ज पाटे बाघका लागि प्रसिद्ध छ । यहाँ विशेष गरी बाघ हेर्न कै लागि पर्यटक आउछन् । भम्रर्ण वर्षलाई लक्षित गरी हात्ती सफारीको समेत व्यवस्था गरिएको छ । तर अहिले सम्मको तथ्यांकलाई हेर्दाँ पर्यटकको उत्साहजनक सहभागिता देखिदैन ।

अर्कातिर बाँकेमा भ्रमर्ण वर्षको चहलपहल शुन्य जस्तै छ । देशको एक ठाउँमा पर्यटक आउनु भनेको समग्र देशले लक्ष्य राखेको संख्या सँग जोडिने हो । त्यसैले पर्यटकको न्युन उपस्थितिले संख्यामा असर गर्छ । नेपाल अन्य क्षेत्र जस्तै पर्यटनमा अनेक प्रकारका सम्भावना युक्त छ । त्यस मध्ये एक धार्मिक पर्यटन पनि हो । सांस्कृतिक रुपमा निकै धनी रहेको यहाँको लागि धार्मिक पर्यटन पनि एक हुनसक्छ । नेपालमा त्यस्ता धेरै धार्मिक सहर छन्, जसले नेपालको समग्र पर्यटन क्षेत्रमा धार्मिक पर्यटनको प्रतिनिधित्व गर्छन् ।

र नेपालभित्र कै र बाहिरका देशबाट नेपाल आउने पर्यटक समेत धार्मिक पर्यटक छन् । ती मध्ये भारतीय पर्यटक बढी आउने गरेका छन् । उनीहरुका प्रमुख गन्तव्य मानसरोवर, पशुपति र जनकपुर लगायत हुन् । ती मध्ये बाँके जिल्लामा समेत धार्मिक पर्यटनको सम्भावनाको खोजि हुन थालेको छ । पश्चिम क्षेत्र कै प्रसिद्ध वागेश्वरी मन्दिर नेपालगञ्जमा छ । यो साविक मध्यपश्चिमाञ्चल विकास क्षेत्रको केन्द्र समेत हो । बाँकेमा सांस्कृतिक विविधता छ । यहाँका हिन्दु, मुस्लिम लगायतका धर्म मानिस बसोबास गर्दछन् । यस्तै पहाडबाट बसाईं सर्नेहरु समेत छन् । त्यसैले यहाँ सांस्कृतिक विविधता छ । यसैगरी कोहलपुर यहाँको दोस्रो ठूलो सहर
हो । यहाँ पनि विभिन्न धार्मिक मन्दिरहरु छन् । तीव्र विकास, सहरीकरण र औद्योगिकरणको चरणमा रहेको यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नु पर्ने आवाज उठ्न थालेको छ । यहाँ पछिल्लो समय धार्मिक गतिविधि बाँक्लिदै छन् । सामुहिक तथा व्यक्तिगत लगानीमा धार्मिक क्षेत्रमा लगानी गद्दै गएको छ । त्यसै पनि धार्मिक पर्यटकीय सहर बनाउने वहश शुरु भएको हो । अहिले नै धार्मिक क्षेत्र हो भन्न नसुहाउला । तर कोहलपुरलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन सकिन्छ । यसको सम्भावना छ । त्यसको लागि पूर्वाधार र संचरना आवश्यक हुन्छ । यसमा सरकारी तथा नीजी क्षेत्रको लगानी र सहकार्य आवश्यक हुन्छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ फागुन ११ गते आइतबार