कोहलपुर ।
बाँकेको राप्तीसोनारी गाउँपालिकामा ९ ढकेरीमा बिहीबार एक दिने दन्त शिविर सम्पन्न भएको छ । वडा नम्बर ९ वडा कार्यालयको आयोजना र ओम भेरी डेन्टल क्लिनिक कोहलपुरको प्राविधिक सहयोगमा एकदिने दन्त शिविर सम्पन्न भएको हो ।
शिविरबाट ८० जना प्रत्यक्ष लाभान्वित भएका थिए । निशुक दाँत परीक्षण गरिएका मध्ये ५० जनाको दाँत निकालिएको उपचारमा संग्लन सिनियर डेक्टल हाइजेनिष्ट इश्वर सुवेदीले जानकारी दिए । उनका अनुसार अन्य जटिल समस्या भएका बिरामीहरुलाई थप उपचारको लागि क्लिनिकमा रिफर गरिएको छ । शिविरमा उपचार गराउन आएकाहरुमध्ये अधिकांश व्यक्तिहरुमा गिजा सुनिने, किरा लाग्ने, स्वास गनाउने समस्या देखिएको थियो ।
शिविरमा सुवेदी र डाक्टर पुजा शर्मा लगायतको चिकित्सकहरुको टोलीले बिरामीहरुको दाँत परीक्षण गरेको थियो ।
प्रकाशित मिति : २०७६ फागुन ९ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्