सुर्खेत ।
कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा दोस्रो कर्णाली एक्स्पो २०७६ शुरु भएको छ । सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रवद्र्धनमा कर्णाली एक्स्पो शुरु भएको हो । महोत्सवको मंगलबार उपराष्ट्रपति नन्दबहादुर पुनले भव्य समारोहका बीच उद्घाटन गरेका थिए । उनले कर्णाली प्रदेश रहेक हिसाबले सम्पन्न प्रदेश भएको दाबी गरे ।
‘सम्भावना हँुदैहुँदै उपेक्षित कर्णालीले संघीयतापछि आफ्नो भाग्यको फैसला आफै गर्न थालेको छ’ उनले भने । उपराष्ट्रपती पुनले नेपालको राजनितिक परिर्वतनका लागि कर्णालीले पु¥याएको योगदानको खुलेर प्रशंसा गर्दै प्राप्त उपलब्धि प्रति गौरव गर्न आग्रह गरे । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेशलाई आर्गानिक प्रदेश बनाउनका लागि दोश्रो कर्णाली एक्सपोले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका थिए ।
‘यस्ता प्रकारका कार्यक्रममा सबै सामु कर्णाली प्रदेशको सम्भावनाको प्रचार हुनेछ’ उनले भने, ‘नागरिकहरुको अहिलेको आवश्यकता विकास, समृद्धि र असल सुशासन नै भएको र सोही अनुरुप सरकारले आफ्ना गतिविधि सञ्चालन गरिरहेको छ ।’ आयोजक सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले राज्यले लगानी गरे अनुरुपको प्रतिफल दिन नीजि क्षेत्र तयार रहेको बताए ।
प्रदेशको आर्थिक विकासको लागि नीजि क्षेत्र र सरकारको सहकार्य र समन्वय आवश्यक रहेकोमा उनले जोड दिए । महोत्सवमा कर्णालीका अर्गानिक उत्पादनको प्रदर्शनी, नविनतम् प्रविधिको प्रयोग लगायतका प्रदर्शनी कक्षहरु राखिएको छ भने पहिलो पटक लण्डन ब्रिज (प्रवेश द्धार) सहित सेल्फी जोनको पनि व्यवस्था गरिएको छ । मंगलबार बाट शुरु भएको दोश्रो कर्णाली एक्सपो फागुन १७ गते सम्म सञ्चालन हुनेछ ।









प्रतिक्रिया दिनुहोस्