कोहलपुरमा यामाहाको एक्सचेन्ज अफर



कोहलपुर ।

बाँकेको कोहलपुरमा यामाहा मोटरसाइकलको एक्सचेन्ज अफर शुरु भएको छ । नयाँ खरिद तथा पुरानाको मर्मतको लागि मंगलबारबाट बाँकेको कोहलपुरमा यामाहाको एक्सचेन्ज अफर शुरु भएको हो । अफरमा सेवाग्राहीहरुको लागि विशेष छुटको व्यवस्था गरिएको यामाहा मोटरसाइकलको अधिकृत बिक्रेता श्रेष्ठ टे«ड हब कोहलपुरले जनाएको छ ।

श्रेष्ठ टे«ड हबका सञ्चालक प्रशन्न श्रेष्ठले नगद सहित नयाँ मोटरसाइकल खरिद गर्नेहरुको लागि नगद सात हजार छुटको व्यवस्था गरिएको जानकारी दिए । एक्सचेन्जको मुख्य उद्देश्य पुरानो मोटरसाइकल दिने र नयाँ लिने गरिएको भएको उनले बताए ।

यस्तै मोटरसाइकल खरिद गर्नेहरुको लागि लेगगार्ड, हेल्मेट, बाइक कभर, पञ्जा र झोला निःशुल्क प्रदान गरिने बताइएको छ । एक्सचेन्ज अफरको पहिलो दिन मात्रै २५ लाखको कारोबार भएको र ६ वटा मोटरसाइकल एक्सचेन्ज भएको श्रेष्ठ टे«ड हबका सञ्चालक श्रेष्ठले जानकारी दिए । एक्सचेन्ज अफर आगामी ९ गते सम्म सञ्चालन हुने बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ फागुन ७ गते बुधबार