नेपालगञ्ज ।
बाँकेको प्रमुख औद्योगिक शहर नेपालगञ्जमा बजाजको नयाँ डिलर सञ्चालनमा ल्याएको छ । नयाँ प्रविधि, सोच र अत्याधुनिक सेवा सहित माघ अन्तिम साताबाट सेवा सुरु गरिएको हो । यस अघि बजाजको नयाँ डिलरको लागि हंशराज हुलास गुप्रद्धारा नेपालगञ्जमा आवेदन खुलाइएको थियो । नेपाल उप–महानगरपालिका १८ स्थित कारकाँदोमा यसको डिलरको कार्यालय रहेको बिक्रेता पानस मोटर्स प्रा.लि.ले जनाएको छ ।
सञ्चालक ज्ञानेन्द्र खनालले नेपालगञ्जमा औपचारिक रुपमा बिक्री वितरण सुरु भइसकेको जानकारी दिए । उन
का अनुसार अत्याधुनिक सेवा, नयाँ सोच तथा सुविधाको साथमा डिलर सञ्चालनमा आएको हो । बजाज कम्पनीका सम्पूर्ण उत्पादनहरु सहज रुपमा पाइने उनले बताए । अहिले त्यहाँ बजाज पल्सर, एनएस लगायतका मोटरसाइकलका साथै अन्य सेवाहरु समेत उपलब्ध गराइने उनको भनाई रहेको थियो ।
दैनिक ३ देखि पाँच वटा सम्म उत्पादन बिक्री भइरहेको सञ्चालक खनालले जानकारी दिए । यस्तै सेवाग्राहीहरुको लागि फाइनान्स र बीमाको सुविधा नेपालगञ्ज स्थित कार्यालयमा नै उपलब्ध गराइने उनले बताए । ‘सम्पूर्ण सेवाग्राहीहरुलाई सेवा लिन आग्रह गर्दछु’ उनले भने, ‘तपाइहरुको सहजता र सुविधाका लागि यो सेवा सञ्चालन गरिएको हो ।’









प्रतिक्रिया दिनुहोस्