कोहलपुर ।
बाँकेको कोहलपुर–१० मा रहेको जीवन ज्योति स्कुलका विद्यार्थीहरुलाई लागुऔषध न्यूनिकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । लागुऔषध न्यूनिकरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
कोहलपुर नगरपालिका वडा नं. १० को आर्थिक सहयोग र समाज सेवा संस्था नेपालको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको थियो । कोहलपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्षले कार्यक्रमको उद्घाटन गरेका थिए ।
यस्तै लागू औषध नियन्त्रण ब्यूरोका प्रमुख वीर बहादुर थापाले लागूऔषधको नकारात्मक प्रभाव, कारण, बच्ने तरिका र दण्ड सजायको बारेमा विद्यार्थीलाई जानकारी दिएका थिए । अभिमुखिकरण कार्यक्रममा एक सय विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : २०७६ फागुन ३ गते शनिबार









प्रतिक्रिया दिनुहोस्