अभूतपूर्व दुईतिहाई बहुमत सहित सरकारको नेतृत्वमा छ नेकपा । सरकार गठनको दुइ वर्ष पुग्दैछ । र नेकपाले अझै सम्म पुर्ण रुपमा एकता प्रक्रिया टुंग्याउन सकेको छैन । एकताका बेला गरेको सम्झौता अनुसार अहिले सम्म त पूर्ण रुपमा एकता भइसक्नु पर्ने हो । जनता र पार्टी र सरकार बीच दुरी बढेको गुनासो आइरहन्छ । सबै भन्दा ठूलो गुनासो त सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नगसकेको भन्दै आचोलना समेत भइरहेको छ । यस्तो अवस्थामा सरकार र सञ्चालन गरिरहेको नेकपा जनताका माँझमा जानु जरुरी थियो । भर्खरै सम्पन्न नेकपाको दोस्रो केन्द्रीय समितिको बैठकले तीन महिने विशेष अभियान गर्ने निर्णय ग¥र्यो । सोही निर्णय अनुसार अहिले पूर्व तयारी समेत भइरहेको छ । केन्द्रीय कमिटीले अभियान शुभारम्भ गर्ने जिम्मा प्रदेश पाँचलाई दियो । र बुधबारको प्रदेश नम्बर पाँचको बैठकले बाँकेको कोहलपुरबाट अभियान सुरु गर्ने समेत बताएको छ ।
फागुन चार गते सत्ताधारी नेकपाका केन्द्रीयस्तरका नेताको सहभागितामा तीन महिने अभियान सञ्चालन हुनेछ । यो अभियानलाई नेकपाले सरकारले गरेका राम्रा कामको प्रचार–प्रसार गर्ने निर्णय समेत गरेको छ । विभिन्न किसिमका कार्यक्रम गरिनेछन् । सरकारले गरेका राम्रा कामको जनतालाई सुनाइनेछ । यसो वर्तमान सरकार शुरुवात देखि नै विवाद मुक्त हुन सकेको छैन । विभिन्न किसिमका काण्डका कारण विवादित बनिरहेको छ । सरकार र मन्त्रीले राम्रो काम गरेको छैन भने, नेताका आफ्नै गुटबन्दी मै व्यस्त छन् । उनीहरुलाई देश र जनताको भन्दा आफ्नो र आफ्नाहरुको मात्रै चिन्ता भएको जनताको व्यापक गुनासो सुनिने गरेको छ ।सुखी नेपाली र समृद्ध नेपालको नारा बोलेको सरकारको कामकारबाही हेर्दा चित्त बुझाउने ठाउँ पनि छैन ।
यसको जिम्मेवार केही हदमा सत्ताधारी नेकपालाई पनि जान्छ । यहि भ्रम चिर्नको लागि नेकपाले तीन महिने विशेष अभियान सञ्चालन गर्न लागेको हो । तीन महिनाको अवधिमा ७७ वटै जिल्लामा नेकपाका केन्द्रीय देखि स्थानीय नेताहरु गाउँ पुग्नेछन् । के सरकारले गर्न नसकेकाका काम, जनताका गुनासा अभियानले सफल पार्ला । साँच्चै जनताले साथ देलान् त ।यस विषयमा नेकपाले पूर्व तयारीका साथ जनताको गुनासो सुन्ने गरेर जानु पर्ने देखिन्छ । धेरै समय पछि नेता गाउँ पसेपनि नागरिकको कस्तो प्रतिक्रिया आउने हो हेर्नै बाँकि छ । अभियानले जनताको समय समाधानमा ध्यान देओस भुककामना
छ ।









प्रतिक्रिया दिनुहोस्