बागेश्वरी बहुमुखीमा मगर विद्यार्थी संगठित



कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहमुखी क्याम्पसमा अध्ययनरत मगर समुदायका विद्यार्थी संगठित भएका छन् । मगर समुदायका विद्यार्थीहरुको पेसागत हक र हितका लागि उनीहरु संगठगित भएका हुन् । मंगलबार एक कार्यक्रमका बीच नेपाल मगर बिद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पस कमिटीको प्रथम भेला सम्पन्न भएको थियो । भेलाबाट बलिराज थापाको अध्यक्षतामा २० सदस्सीय क्याम्पस कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा अस्मिता पुनमगर, प्रेम पुनमगर र सचिवमा अर्जुन बहादुर मगर, सह–सचिवमा सन्तोष पुनमगर र कोषाध्यक्षमा निशा गाहा मगरलाई चयन गरिएको थियो ।

भेलामा बोल्दै नेपाल मगर विद्यार्थी संघ बाँकेका कार्यबाहक अध्यक्ष शितल गाहा मगरले विद्यार्थीहरुको पेशागत हकहित र सामाजिक कार्यमा संलग्न गराउने उद्देश्यले कमिटी गठन गरिएको बताए । उनका अनुसार क्याम्पसमा हुने गरेको अनियमित गतिविधि विरुद्धमा खबरदारी गर्ने र राम्रा कामलाई साथ दिने काम संघले गर्नेछ । यस्तै बागेश्वरी बहमुखी क्याम्पस अनेरास्ववियू ईकाई कमिटीका अध्यक्ष हेमन्त भट्टराईले मगर कमिटीले क्याम्पसको शैक्षिक विकास र पेशागत हितमा सधै राम्रो काम गर्न नयाँ कमिटीलाई सुझाव दिए ।

उनले संघलाई राष्ट्र र राष्ट्रियताको संरक्षण तथा विद्यार्थी आन्दोलनको लक्ष्य अनुसार अघि बढ्न समेत आग्रह गरे । यसैगरी नवनिर्वाचित अध्यक्ष थापाले आफू सधै मगर समुदाय सहित नयाँ विद्यार्थीहरुको अधिकारका लागि सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई सधै एकजुट भएर काम गर्नुपर्नेमा समेत जोड दिए । कमिटीको पहिलो बैठकले सम्पूर्ण पदाधिकारीलाई शुभकामनाका साथै नेपाल मगर संघ जिल्ला कमिटीसँगै सधै सहयोग र साझेदारी तथा समन्वयका लागि अघि बढ्ने समेत निर्णय गरेको थियो ।
,

  • No tags available
प्रकाशित मिति : २०७६ माघ २९ गते बुधबार