लागुऔषध प्रयोग न्यूनिकरण सम्बन्धी अभिमुखिकरण



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा लागुऔषध प्रयोगकर्ताहरु तिव्ररुपमा बढेपछि त्यसलाई न्यूनिकरण गर्नका लागि विभिन्न कार्यक्रम गरिएको छ । हाम्रो आवाज, लागुऔषधको प्रयोगबाट मुक्त समाज भन्ने मुल नाराका साथ अभियान सञ्चालन गरिएको हो ।

सोमबार कोहलपुर नगरपालिका वडा नं. ७ कार्यालयले आर्थिक सहयोग गरेको थियो भने समाज सेवा संस्था नेपालको केन्द्रिय कार्यालयको आयोजनामा लागुऔषध न्यूनिकरण्न कार्यक्रम सञ्चालन गरिएको थियो ।

सोमबार राष्टिय माध्यामिक विद्यालयका ४, ५, ६, ७, ८ कक्षाका बालबालिकाहरुलाई लागुऔषध प्रयोग गर्नाले के कस्तो असर पर्दछ, यसले समाजमा कस्तो असर पर्दछ र आफ्नो शरिलाई के गर्दछ भन्ने बारेमा सचेतना गराइएको समाज सेवा संस्था नेपालका अध्यक्ष बिनोद थापाले जानकारी दिए ।

लागुऔषध नियन्त्रण व्यरो बाँकेका प्रमुख विर बहादुर थापा, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख कुलदिप चन्द लगायतको समेत सहभागिता रहेको थियो भने अभिभावकहरुको पनि सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ माघ २८ गते मंगलबार