कोहलपुर ।
पहिलो पटक माग सम्बोधन नभएको भन्दै नगर विकास समितिमा तालाबन्दी भएपछि भने त्यहाँका कर्मचारीमा अन्यौलता झकिल्थ्यो । कर्मचारीमा निकै अलमलको स्थिति प्रष्टै देखिन्थ्यो । कोही यता कोही उता आफू–आफू मुखामुख गरिरहेका थिए । तालाबन्दीपछि कोही कार्यालय परिसरमा बसेर घाम तापेर बसिरहेका देखिन्थे भने कोही कार्यालय कै काममा व्यस्त । त्यहाँ पुग्दा त्यहाँको अवस्था हरुको बेलाको भन्दा फरक थियो ।
नगर विकास समितिका तीन जना कर्मचारी भने कार्यालयको अलि पर झारीमा गएर कार्यालयको काम गरिरहेका देखिए । उनीहरुलाई बिहिबारको लागि आह्वान गरिएको बैठकको लागि चिठी तयार गर्ने चटारो थियो । नगरपालिकामा विगत १६ वर्ष देखी कार्यरत पदमप्रसाद जैशीले । मिसन टुडे दैनिकसँगको कुराकानीको क्रममा यस अघि कहिल्यै पनि नगर विकास समितिमा तालाबन्दी नभएको बताए । कुराकानीको क्रममा आफूलाई फरक अनुभूति भएको उनले बताएका थिए ।
कार्यालयको परिसर भित्र छिरेपछि मात्रै तालाबन्दी बारेमा थाहा पाएको उनले बताए । त्यतिबेला उनी तालाबन्दी गरेका केही व्यक्तिसँग कुराकानी गर्दै थिए । उनले भने, ‘व्यक्ति मात्रै होइन् नगर विकास समिति आफै पनि पिडित छ ।’ कार्यालयमा कामको लागि आएका सेवाग्राही समेत आउने जाने गरिरहेका थिए । समितिले कोहलपुरमा भइरहेका सम्पुर्ण समस्या तथा जग्गा अतिक्रमणको विषयमा छलफल गर्न भन्दै आज (बिहीबार) सर्वदलीय बैठक आह्वान गरेको छ ।









प्रतिक्रिया दिनुहोस्