केदारेश्वर धामलाई सेञ्चुरी बैंकको सहयोग



रावन बिश्वकर्मा, बाँसगढी ।

सेञ्चुरी कमर्सिंयल बैंक बाँसगढीले ऊँ केदारेश्वर धामलाई सहयोग सामग्री हस्तान्तरण गरेको छ । सेञ्चुरी कमर्सियल बैंक शाखा कार्यालय बाँसगढी, बर्दियाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धामलाई सहयोग सामग्री प्रदान गरेको हो । बैंकले १ हजार लिटर क्षमताको एक थान खानेपानी ट्यांकी र धाम प्रवेशका लागि आवश्यक ५ हजार प्रति पास रसिद् धामलाई उपलब्ध गराएको थियो ।

सोमबार एक कार्यक्रमको आयोजना गरि बैंकका बाँसगढी शाखा प्रबन्धक प्रदिप खरेलले केदारेश्वर धामका परिकल्पनाकार लिलाधर शर्मा र कार्यवाहक अध्यक्ष कृष्ण प्रसाद बास्तोलालाई सहयोग सामग्री हस्तान्तरण गरेका थिए । सहयोग समग्री हस्तान्तरण गर्दै शाखा प्रबन्धक खरेलले केदारेश्वर धामलाई बैंकको तर्फबाट आगामी दिनमा पनि आवश्यक सहयोग रहने बताए ।

बैंकको तर्फबाट प्राप्त सहयोग सामग्री ग्रहण गर्दै धामका कार्यवाहक अध्यक्ष बास्तोलाले धार्मिक धरोहरको रुपमा रहेको धामको विकास र सम्बद्र्धनका लागि सबै क्षेत्रको सहयोगको अपेक्षा गरिएको बताएका थिए । बर्दियाको बाँसगढीमा रहेको विश्व प्रशिद्ध ऊँ केदारेश्वर धामलाई नेपाल सरकारको १ सय पर्यटकीय गन्तव्य सूचीमा समावेश गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ माघ २१ गते मंगलबार