कोहलपुर ।
बाँकेको राप्तीसोनारी गाउँपालिका २ मा रहेको दुर्गा भवानी माध्यामिक विद्यालयमा सरस्वती माताको मन्दिर निर्माण गरिने भएको छ । बिहीबार सरस्वती पुजाको अवसर पारेर विद्यालय परिसरमा सरस्वती मन्दिरको शिलान्यास गरिएको थियो । वडा नम्बर २ का सदस्य ज्ञानेन्द्रराज ओलीको व्यक्तिगत लगानीमा मन्दिर निर्माण हुन गइरहेको हो ।
मन्दिरको शिलान्यास उनै ओलीले एक कार्यक्रमका बिच बिहीबार गरेका थिए । विद्यालयमा नै विद्यार्थीहरु तथा शिक्षकहरुलाई पुजापाठ गर्न सजिलो होस् भन्ने उद्देश्यले मन्दिर निर्माण गर्न लागिएको उनले बताए ।
‘स्कुलमा सरस्वती माताको मन्दिर नहुँदा सरस्वती पुजाको दिन विद्यार्थीहरु टाढा टाढा जानुपर्ने बाध्यता थियो’ उनले भने, ‘त्यसैले मैले सामाजिक कामको रुपमा स्कुलमा मन्दिर बनाइदिने घोषणा गरेको हुँ ।’
विभिन्न समयमा थुप्रै सामाजिक काम गरिसकेका वडा सदस्य ओलीले आफ्नो तलबभत्ताको रकमबाट गाउँमा प्रतिक्षालय निर्माण, सडक निर्माण तथा मुर्ती स्थापना लगायतका काम गरेका छन् ।








प्रतिक्रिया दिनुहोस्