एमसीसीको विरोधमा आन्दोलन



टेकराज भुसाल । बुटवल ।

नेपालमा चर्चा र विरोध भईरहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रको पक्षमा नभएको भन्दै बुटवलमा आन्दोलन भएको
छ । एमसीसी राष्ट्र र राष्ट्रियताका पक्षमा नरहेको भन्दै अखिल (छैठौं)रुपन्देहीले सम्पूर्ण विद्यार्थीहरुलाई राष्ट्रवादि आन्दोलनमा सहभागी हुन अनुरोध गरेको हो । भारतीय तथा अमेरिकी साम्राज्यवादका बिरुद्ध सोमबार बुटवलको पुष्पलाल पार्कमा आयोजना गरेको कार्यक्रममा बोल्दै अखिल (छैठौं) का नेताहरुले राष्ट्र र राष्ट्रियता संकटमा परेको भन्दै आन्दोलनमा उत्रिने बताएका थिए ।

कार्यक्रममा बोल्दै अखिल (छैठौं) का केन्द्रीय सदस्य सरोजमान सिंहले देशलाई अमेरिकी साम्राज्यवादले आफ्नो क्याम्पमा लैजाने प्रयत्न भएको भन्दै एमसीसी पास भए नेपाल साम्राज्यवादीको जालोमा फस्ने बताए ।उनले भारतीय साम्राज्यवादले पनि नेपाललाई सिक्किमलाई जस्तै गरि लैजाने षड्यन्त्र भारतले गरिरहेको र त्यसका लागि सम्पूर्ण बिद्यार्थी तथा आम राष्ट्रप्रेमी नेपालहरु चुप लागेर नबसी सडकमा उत्रिन आग्रह गरे ।

कार्यक्रममा बोल्ने अधिकांश बिद्यार्थी नेताहरुले राष्ट्र र राष्ट्रियताका पक्षमा सधै विद्यार्थीहरुले वकालत गर्नु पर्नेमा जोड दिएका थिए । भारतीय तथा अमेरिकी साम्राज्यवादको हेपाहा प्रवृत्तिको बिरोध गर्दै हेपाहा प्रवृत्तिको बिरोधमा एकजुट हुनुपर्ने उनीहरुको भनाई थियो । सिमा अतिक्रमण बिरुद्ध सरकारले समयमै कुटनितिक रुपमा समस्याको समाधान गर्नुपर्ने र समाधान नगरेमा आन्दोलन चर्काउने सरकारलाई चेतावनी दिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ माघ १४ गते मंगलबार