कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ६ मा माघी मिलन कार्यक्रम गरिएको छ । थारु कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले माघी मिलन कार्यक्रमको आयोजना गरिएको हो । सिद्धार्थ एकिकृत समाज विकास केन्द्रले गरेको माघी मिलन कार्यक्रममा थारु कला र संस्कृति संरक्षणमा गर्नुपर्नेमा जोड दिईएको थियो । कार्यक्रम बोल्दै कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जुकुमारी चौधरीले थारु समुदायको कला र संस्कृतिलाई जोगाउनको लागि यस्ता कार्यक्रमहरुले सहयोग पुग्ने बताइन् ।
‘गाउँघरमा लुकेर रहेका प्रतिभालाई उजागर गर्दै संरक्षण गर्नको लागि यस्ता कार्यक्रमहरु आवश्यक छन्’ उनले भनिन्, ‘थारु संस्कृतिको संरक्षण मार्फत पर्यटन विकासमा समेत सम्भावना हुने देखिन्छ ।’ थारु संग्राहालय निर्माणको लागि समेत नगरपालिकाले बजेट विनियोजन गरेको नगर उपप्रमुख चौधरीले बताइन् । वडा अध्यक्ष ५ का अध्यक्ष रामसरण थारुले थारु संस्कृतिको संरक्षण अभियानमा सबैजना जुट्नुपर्ने बताएका थिए ।
‘पछिल्लो समय थारु समुदायमा थारु संस्कृती हराउँदै जान थालेको छ’ उनले भने, ‘थारु समुदायका समेत पश्चिमा संस्कृति हाबी भएकोले संस्कृति संरक्षणको लागि एकजुट हुनुपर्छ ।’ कार्यक्रममा थारु समुदायको बाक्लो उपस्थिती रहेको थियो । माघी मिलन कार्यक्रममा थारुले समुदायका युवा युवतीहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।








प्रतिक्रिया दिनुहोस्