कोहलपुर ।
कर्णाली बिद्यार्थी समाज बाँकेको तदर्थ समिति अध्यक्षमा अमृत खत्री चयन भएका छन् ।
शनिबार कोहलपुरमा भएको प्रथम भेलाले खत्रीको अध्यक्षमा १८ सदस्सीय समाजको गठन गरेको हो ।
शनिबार सम्पन्न भेलाबाट गठित तदर्थ समितिको उपाध्यक्षमा तिलक देवकोटा र युवराज बाठा तथा महिला उपाध्यक्षमा विष्णु रोकाया चयन भएका छन भने सचिवमा सफल विष्ट, सहसचिवमा राजेन्द्र पौडेल र कोषध्यक्षमा टोपेन्द्र खत्री चयन भएका छन ।
त्यसैगरी सदस्यहरुमा क्रमशः धिरज बुढा, हुम बहादुर शर्मा, योजिन बुढा, राजेश वि.सी., चन्द्र बहादुर वि.क., आयुश बोहोरा, बिनोद खड्का, दिनेश सिंह ठकुरी, सुदा बुढा, रबिन्द्र बम र महेश सिंह ठकुरी चयन भएका छन ।
कर्णालीबाट अध्ययनका लागि बाँकेमा बस्दै आएका विद्यार्थीहरुलाई एकता गर्ने उद्देश्यले समाजको गठन गरिएको तदर्थ समितिका अध्यक्ष खत्रीले जानकारी दिए ।
प्रकाशित मिति : २०७६ माघ ११ गते शनिबार








प्रतिक्रिया दिनुहोस्