19 May 2024  |   आइतवार, जेष्ठ ६, २०८१

दैलेखमा ट्याक्टर दुर्घटना, एकको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, माघ १०, २०७६  

सुर्खेत ।

दैलेखमा भे १ त ९७७० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

भगवतीमाई गाउँपालिका–४ को मन्घरमा शुक्रवार भएको ट्रयाक्टर दुर्घटनामा भगवतीमाई गाउँपालिका–५ का २० वर्षीय भीमबहादुर विकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेस्तडाका प्रहरी सहायक निरीक्षक मनोज कँडेले जानकारी दिए ।

घाइते हुनेमा भगवतीमाई गाउँपालिका–५ कट्टीका १९ वर्षीय सहचालक ललित विक र सोही ठाउँ निवासी २८ वर्षीय चालक दिपक विक रहेका प्रहरीले जनाएको छ । घाइतेको टाउको र खुट्टामा चोट लागेको छ ।

घाइते दुवै जनाको स्वास्थ्य केन्द्र बेस्तडामा उपचार भइरहेको छ ।

प्रकाशित मितिः शुक्रबार, माघ १०, २०७६     3:51:28 PM  |