आज टिका पुन, कुलेन्द्र विश्वकर्मा र पारु केसी



कोहलपुर ।

तेस्रो प्रादेशिक महोत्सवको ११ औं दिन आज सोमबार चर्चित बालकलाकार कमला घिमिरे, गायिका टिका पुन, पारु केसी र कुलेन्द्र विश्वकर्मा कोहलपुर आउँने भएका छन् ।

केही कलाकारहरु पुर्वनिर्धारित भएपनी केही नयाँ कलाकार समेत थप गरिएको आयोजकले जनाएको छ । महोत्सव प्रचार प्रसार उपसमिति सहसंयोजक विन्दु विसीले महोत्सव अवधी थप गरिएसँगै कलाकाहरु समेत थपिएको जानकारी दिइन् ।

महोत्सव अवलोकन गर्न पुग्ने दर्शकहरुलाई राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको साथै स्थानीय कलाकारहरुले समेत मनोरञ्जन प्रदान गर्ने गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ माघ ६ गते सोमबार