स्वास्थ्यको चौमासिक समिक्षा



कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका अन्र्तगत रहेका तीन स्वास्थ्य चौकी, आठ आधारभूत स्वास्थ्य सेवा क्लिनिक र एक शहरी स्वास्थ्य केन्द्रमा कार्यरत जनस्वास्थ्य निरीक्षक तथा स्वास्थ्यकर्मीहरुको समिक्षा गोष्ठी सम्पन्न भएको छ ।

चालु आर्थिक वर्ष २०७६÷०७७ को प्रथम चौमासिक स्वास्थ्य समिक्षा गोष्ठी कोहलपुर नगरपालिका प्रमुख एवं नगर स्वास्थ्य संरक्षक लूट बहादुर रावतको अध्यक्षतामा शुक्रबार सम्पन्न भएको हो । नगर स्वास्थ्य शाखाका प्रमुख गिर बहादुर गुरुङले चौमासिक समिक्षाको सैद्धान्तिक अवधारणा, यसको व्यवहारिक प्रयोग तथा यस अवधिमा स्वास्थ्य क्षेत्रमा सेवा प्रवाहको अवस्थाको बारेमा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी गराएका थिए । चालु आर्थिक वर्षको प्रथम चार महिनामा नगरपालिकामा रहेका स्वास्थ्य चौकीहरु, आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा शहरी स्वास्थ्य क्लिनिकमा भए गरेका कामहरु, देखिएका समस्याहरु, राष्ट्रिय प्राथमिकतामा परेका कार्यक्रमहरुको प्रगति तथा कमजोरीहरुको बारेमा प्रत्येक स्वास्थ्य चौकी निरीक्षकहरुले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

नगरपालिका अन्र्तगत रहेका सबै स्वास्थ्य संस्थाहरुमा प्रवाह गरिने सेवाहरु लिन स्थानीय नागरिकहरुको पहुँच कम रहेको, नेपाल सरकारले स्थानीय सरकारी स्वास्थ्य संस्थाबाट प्रदान गर्ने निःशुल्क सेवाहरु समेत प्रभावकारी नदेखिनु कमीकमजोरीहरु रहेको बताउदै नगर प्रमुख रावतले सुधार गर्नुपर्ने विषयहरुमा तत्काल सुधारमा लाग्न निर्देशन दिए । समिक्षा गोष्ठीमा प्रस्तुत गरिएका तथ्यांक तथा विश्लेषणहरुबाट आगामी दिनमा नगरपालिका अन्तरगत रहेका स्वास्थ्य सेवाहरुलाई प्रभावकारी बनाउने गरी कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता समेत गरिएको नगर स्वास्थ्य शाखाकी जनस्वास्थ्य निरीक्षण शोभा भट्टराईले जानकारी
दिइन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ पुस २६ गते शनिबार