जनआस्था बहुउदेश्यीय सहकारीको अध्यक्षमा बेलबासे



कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको जनआस्था बहुउदेश्यीय सहकारी संस्थाको अध्यक्षमा विष्णु वेलबासे चयन भएका छन् ।

सहकारीको १२ औं साधारण सभाबाट अध्यक्ष सहित ९ जना नयाँ कार्यसमिति चयन गरिएको छ ।

जसको उपाध्यक्षमा गिता कुमारी थारु, सचिव तेजु भण्डारी ,कोषाध्यक्ष शिब डाँगी चयन भएका छन् ।

यस्तै सदस्यहरुमा माया मल्ल, हर्क बहादुर शाही, तारा प्रसाद भुसाल, शर्मिला बि.क र चम्फा ओली चयन भएका छन् भने लेखा समितिमा बेग प्रकाश चन्द चयन भएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ पुस २५ गते शुक्रबार