कोहलपुर ।
कोहलपुर जेसिस वर्ष २०२० को पदस्थापन कार्यक्रम बिहीबार सम्पन्न भएको छ । बाँकेको कोहलपुरमा भएको एक कार्यक्रमका बिच कोहलपुर जेसिस वर्ष २०२० र कोहलपुर जुनियर जेसिस वर्ष २०२० पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । नेपाल जेसिजका राष्ट्रिय अध्यक्षमा अशोक शंकरको उपस्थितीमा कोहलपुर जेसिस र कोहलपुर जुनियर जेसिस वर्ष २०२० को सपथग्रण तथा पदस्थापन कार्यक्रम भएको थियो ।
वर्ष २०१९ का अध्यक्ष संगिता सुवेदीले कार्यक्रममा कोहलपुर जेसिस वर्ष २०२० का अध्यक्ष संगम खनाललाई चेन हस्तान्तरण गर्दै पदस्थापन गरिएको हो । त्यसैगरी कोहलपुर जुनियर जेसिस २०१९ का अध्यक्ष सुरेन्द्र भट्टराईले वर्ष २०२० का अध्यक्ष गौतम रविन गौतमलाई चैन हस्तान्तरण गर्दै पदस्थापन गरेका थिए । नवनिर्वाचित अध्यक्ष खनाललाई वर्ष २०१९ अध्यक्ष सुवेदीले सपथ खुवाएकी थिइन् भने जुनियर जेसिस वर्ष २०२० का अध्यक्ष गौतमलाई वर्ष २०१९ का अध्यक्ष भट्टराई सपथ खुवाए ।
त्यसपछि नवनिर्वाचित दुवै अध्यक्षहरुले आफ्ना पदाधिकारीहरुलाई सामुहिक रुपमा पद तथा गोपनियताको सपथ खुवाएका थिए । पदस्थापन समारोहलाई सम्बोधन गर्दै नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष शंकरले अब युवाहरुले आफ्नो नेतृत्व र व्यक्तिव विकास गर्दै राष्ट्र निर्माण योगदान पु¥याउनुपर्ने बताएका थिए । उक्त अवसरमा विभिन्न व्यक्तिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । पदस्थापन कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय पदाधिकारी, विभिन्न जिल्लामा रहेका जेसिसका अध्यक्ष तथा प्रतिनिधी, कोहलपुर जेसिसका पुर्व अध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो ।








प्रतिक्रिया दिनुहोस्