त्रिभुवनको अध्यक्षमा बिष्ट



कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका १० मा रहेको त्रिभुवन नमूना माध्यामिक विद्यालयको विद्यालय व्यवस्थान समितिको अध्यक्षमा बीर बहादुर बिष्ट सर्वसम्मत रुपमा चयन भएका छन् । केही समय अघि देखी चलेकोे विव्यस पदाधिकारी चयन प्रक्रिया टुग्याउदै बिष्टलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो ।

समितिको सदस्यहरुमा वडा नम्बर १० अध्यक्ष समेत रहेका नीम बहादुर चलाउने, शालिग्राम लम्साल, संगिता बुढा रोकायलाई चयन गरिएको विद्यालयले जनाएको छ । यस्तै अन्य सदस्यहरुमा सरिता उपाध्याय, गिता वली नेपाली, हरि बहादुर सुनार सर्वसम्मत निर्वाचित भएको विद्यालयकी प्रधानाध्यापक देवका थापा बस्नेतले जानकारी दिइन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ पुस २५ गते शुक्रबार