27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

जुम्लामा निगालोका सामग्री

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, पुस २३, २०७६  

जुम्ला ।
जुम्लाको तिला, रारा लिही र हिमा गाउँपालिकाका स्थानीयवासीले निगालोबाट निर्मित सामग्री बनाउन थालेका छन् । पेस नेपालको सहयोगमा स्थानीयस्तरमै उत्पादन हुने निगालो बाँसबाट दैनिक प्रयोगमा आउने डोको, नाङ्लो, मुढा, टोकरी, डालोलगायतका सामग्री बनाउन थालिएको हो । ‘घरायसी प्रयोगमा आउने सामग्रीको अध्ययन गर्नका लागि एकमहिने तालीम दिएका हौँ’, संस्थाका अध्यक्ष किशोर न्यौपानेले भने ।

तालीमबाट स्थानीयवासीले राम्रो काम गरेको र उनीहरुलाई व्यवसायमा कुनै कुराको सहयोग गर्न आफू र आफ्नो संस्था तयार भएको उनले बताए । नेपालगञ्ज र सुर्खेतबाट आयात हुने गरेको मुढा, दराज, कुर्सी, डोका र नाङ्लो जस्ता सामग्री गाउँमै उत्पादन हुन थालेपछि स्थानीयवासीको जीवनस्तरमा सुधार आउने हिमा गाउँपालिका–६ का जनकबहादुर रोकायाले बताए । गाउँमै सामग्री निर्माण हुन थालेपछि उद्योग दर्ता गरी सञ्चालनमा ल्याउने तयारीमा रहेको उनको भनाई छ ।

प्रकाशित मितिः बुधबार, पुस २३, २०७६     7:52:15 AM  |