27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

शिक्षकहरुलाई तालिम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, पुस २३, २०७६  

अनोज थारु । बढैयाताल ।
बर्दियाको बढैयाताल गाउँपालिकामा सकारात्मक अनुशासन बिषयक तीन दिने तालिम सुरु भएको छ । बालबालिकालाई भयरहित वातावरणमा शिक्षण गराउन शिक्षकहरुको क्षमता अभिबृद्धिका लागि तालिम सञ्चालन गरिएको हो । तालिम अवधिभर बालबालिका माथि हुने हिंसा दुव्यवहारको बारेमा जानकारी र बाल संरक्षण, ऐन कानुनको बारेमा बिद्यालयका शिक्षकहरुलाई जानकारी गराईनेछ ।

तालिम उद्घाटन सत्रमा बोल्दै बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले तालिममा सकारात्मक र अनुशासनको कुरा शिक्षकहरुले सिकेर आ–आफ्ना विद्यालयमा रहेका बिद्यार्थीहरुलाई सिकाउन समेत आग्रह गरेका थिए । ‘भय रहित वातावरण शिक्षा आर्जन गर्न पाउनु विद्यार्थीको अधिकार भएकाले यसमा शिक्षकहरु सचेत रहन पर्दछ’ उनले भने । यसैगरी बालबालिकाहरुलाई अनुशासित र ज्ञानी बनाउन अभिभावकहरुले पनि सचेत रहन वडा नम्बर ६ का अध्यक्ष रामहरष थारुले बताए ।

तालिमको पहिलो दिन मंगलबार बढैयाताल शिक्षा शाखा कार्यालयका सहसंयोजक बिमला गुरुङ्गले सहजिकरण गरेकी थिईन् । आज र र भोली हुने तालिममा बढैयाताल शिक्षा शाखा कार्यालयका प्रमुख बिष्णु प्रसाद ढकालले तालिमको सहजिकरण गर्ने बाँके युनेस्को क्लवकी फिल्ड सुपरभाइजर लक्ष्मी थारुले जानकारी दिइन् ।

तीन दिने तालिममा बढैयाताल भित्र रहेका १८ बिद्यालयका शिक्षक, शिक्षिको सहभागिता रहेको छ । बालिका संरक्षण परियोजना अन्र्तगत तीन दिने तालिममा गाउँपालिका भित्रका १८ विद्यालयका शिक्षकहरु सहभागी रहेका छन् ।

प्रकाशित मितिः बुधबार, पुस २३, २०७६     7:37:17 AM  |