27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

स¥यो एचसीआरसी कप

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, पुस २३, २०७६  

नेपालगञ्ज ।  बाँकेको नेपालगञ्जमा हुने भनिएको एचसीआरसी कप ब्याडमिन्टन टुर्नामेन्टको दोश्रो संस्करण दुई सातापछि सरेको छ । मंगलबार आयोजक संस्था एचसीआरसी अस्पताल नेपालगञ्जले प्रेस बिज्ञप्ती जारी गर्दै सो जानकारी दिएको हो । अघि पौष २४ गतेदेखि ३ दिनसम्म सञ्चालन हुने भनिएको प्रतियोगिता बिद्यार्थीहरुको परिक्षालाई मध्यनजर गर्दै दुई साता सारिएको अस्पतालका ब्यवस्थापक रमेश सिटौलाले जानकारी दिए ।

उनले अब माघ ९ गतेदेखि माघ ११ गतेसम्म प्रतियोगिता सञ्चालन हुने बताए । अस्पतालको स्थापना दिवसको अवसर पारी २०७४ सालदेखि हरेक वर्ष प्रतियोगिताको आयोजना हुँदै आएको छ । यसपटक प्रतियोगितामा ६ वटा इभेन्टहरु समावेश गरिएको छ ।

प्रतियोगितामा जुनियर अण्डर–१३ छात्र, छात्रा, अण्डर १६ छात्र, छात्रा, मिक्स डबल्स र खुल्ला डबल्स गरी ६ वटा इभेन्टहरु रहेका छन् । आयोजक संस्थाका अध्यक्ष डा. कुमार शान शाहका अनुसार डबल्स खुल्ला तर्फ प्रथम द्वितीय र तृतीय हुनेलाई नगद क्रमस ४० हजार २० हजार र १० हजार रुपैयाँ पुरस्कार रहेको छ ।

त्यसै गरी विद्यालय स्तरीय तर्फ विजयी हुने खेलाडीलाई पनि खेल सामाग्री र अन्य आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागीताका लागि डबल्स खुल्ला टीम तर्फ १५ सय, विद्यालय स्तरीय प्रति खेलाडी २ सय रुपैयाँ र मिक्स डबल्स तर्फ ५ सय रुपैयाँ प्रवेश शुल्क तोकेको अस्पतालले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, पुस २३, २०७६     7:16:43 AM  |