कोहलपुर ।
बाँकेको कोहलपुरमा रहेको आस्था बहुउद्देश्यीय सहकारी संस्थाको ११ औं साधारण सभा सम्पन्न भएको छ । सोमबार जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले साधारण सभाको उद्घाटन गरेका थिए । आस्था बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हरिप्रसाद चालिसेले आर्थिक वर्ष २०७५÷०७६ मा ७ करोड २० लाख २१ हजार ६ सय १६ रुपैयाँको कारोबार भएको बताए ।
‘सबैभन्दा बढि कृषि र व्यापारमा लगानी गरिएको छ’ उनले भने, ‘आर्थिक वर्ष २०७५-०७६ मा कुल शेयर लगानीको ५० प्रतिशत लगानी लगाएका छौं ।’ आगामी वर्षहरुमा पनि कृषि र व्यापारीमा लगानी गरी १० करोड सम्मको कारोबार गर्ने लक्ष्य राखेको दाबी गरे । साधारण सभाको अवसरमा उत्कृष्ट शेयर सदस्य, बाल बचत, लगनशिल कर्मचारी, बृद्धबृद्धाहरुलाई पनि प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
प्रकाशित मिति : २०७६ पुस २२ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्