27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

माघीमा २ दिन सार्वजनिक बिदा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, पुस २२, २०७६  

बुटवल ।  प्रदेश नम्बर ५ सरकारले माघ १ र २ गते सार्वजनिक बिदा दिने भएको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले माघे संक्रान्तिको अवसरमा दुई दिन बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले मन्त्रिपरिषद् बैठकको निर्णय सोमबार सुनाउँदै दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

उनले पुस २९ गते मुख्यमन्त्री निवासमा माघी पर्व मनाउने पनि बताए । प्रदेश ५ सरकारले गतवर्ष पनि माघी पर्वको अवसरमा २ दिन बिदा दिएको थियो । बैठकले सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान संगठन संरचना एवं दरबन्दी स्वीकृत गरेको जनाईएको छ । बैठकले प्रदेश पदक निमावली स्वीकृत, प्रदेश चलचित्र निर्माण, प्रदर्शन एवं वितरण अवधारणापत्र स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मितिः मङ्लबार, पुस २२, २०७६     7:25:40 AM  |