27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

घुससहित सहायक वन अधिकृत पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, पुस २२, २०७६  

बर्दिया ।  बर्दियामा १० हजार रुपैयाँ घुस लिदाँलिदै एक वन अधिकृत अख्यिारको फन्दामा परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बबई सव–डिभिजन वन कार्यालयमा कार्यरत सहायक वन अधिकृत आनन्द प्रसाद शाह रहेका छन् । सेवाग्राहीको काम गरिदिए बाफत घुस रकम माग्ने गरेको उजुरीको आधारमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले सोमबार पक्राउ गरेको हो ।

उनलाई घुस रकम सहित पक्राउ गरिएको अख्तियार नेपालगञ्ज कार्यालयले जनाएको छ । सहायक वन अधिकृत शाहलाई १० हजार रकम सहित रंगेहात पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी लोकमणी पाण्डेले जानकारी दिए । उनीमाथि थप अनुसन्धान भईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगञ्जले जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, पुस २२, २०७६     7:15:56 AM  |