‘चुन्ना’ भाईले किन जित्नु पर्दछ ?



                              सुर्य ढकाल

चुन्ना भाई मेरा पुराना र असल मित्र हुन् । यिनिमा कहिले घमण्ड देखिएन । जुन दिनबाट चुन्ना व्यापारी भए त्यही दिनदेखि सँधै आफ्नो व्यापार र व्यवसाय तथा व्यापारीहरुको पक्षमा इमान्दार भएर लागि परीरहेका एक असल युवा व्यवसायी हुन् । उनको आर्दश जनताको मन दुखाएर प्राप्त गरेको धनले मानवलाई कालान्तरमा सुख नदिन सक्छ । जनताको सेवाका साथ साथै व्यापार व्यवसायलाई अगाडि बढाउने र सधैं आम व्यवसायीहरुको पक्षमा रहने प्रतिवद्धता सहित नेपालगञ्ज उद्योग बाणिज्य संघको अध्यक्ष पदको उम्मेदवारको रुपमा चुनावी मैदानमा आएका छन् सबैका चुन्ना भाई अर्थात् अब्दुल वाहिद मन्सुरी । धैर्यताको परिचय हो चुन्ना भाई । यिनि नेतृत्वमा आउन कहिल्लै हतारिएनन् । चुन्ना भाईलाई जिताउनु नेपालगञ्जबासी र व्यापारीको अहिलेको मुख्य कार्यभार पनि हो । समाज दुई विचारमा विभाजित छ । परिर्वतन चाहाने, परिर्वतन नचाहाने वा यथास्थितिमा रहने कुन प्रवृत्तिलाई आत्मसाथ गर्ने भन्ने विषयमा नेपालगञ्ज कसको पक्षमा छ । परिर्वतन चाहानेहरुले चुन्ना भाई सहित उनको टिमलाई मतदान गर्नुपर्छ ।

हामी नेपालगञ्जलाई आधुनिक र सुविधा सम्पन्न शहरको रुपमा स्थापित गर्ने चाहान्छौं । यसको नेतृत्व गर्न सफल र इमान्दार युवा व्यक्तिको आवश्यकता पर्दछ । चुन्ना भाईमा छलकपट बैइमान, धुरताई केही छैन् । मात्र व्यावसायी चतुरता, व्यवासाय प्रतिको निष्टा र काम प्रतिको इमान्दारीताकै परिचयबाट धेरै आकांक्षिहरु मध्येबाट अध्यक्षको टिकट पाउन सफल भएका हुन् । विगतमा पनि चुन्ना भाई पद पाउँदा घमण्ड र पद नपाउदा निराश भएनन् । सधै नेपालगञ्ज कसरी राम्रो बनाउने र व्यापारीहरुका समस्या समाधानको लागि परिरहने एक असल परिचय बनाएका युवा व्यवसायी हुन् चुन्ना भाई । पश्चिमकै नेपालकै प्रमुख शहरको रुपमा रहेको नेपालगञ्जमा रहेका व्यापारीहरुको संगठन नेपालगञ्ज उद्योग बाणिज्य संघको आगामी माघ ११ गते निर्वाचन हुन गईरहेको छ । बिगतका निर्वाचन र यस पटक हुन गइरहेको निर्वाचन राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, व्यावसायीक हिसावले फरक छ । व्यापार, राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता, राष्ट्रिय एकता सार्वभौमिकसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वधिनता र सम्वृद्ध नेपाल निर्माण जस्ता प्रश्नहरुको उत्तर बाँके बासी सम्पुर्ण व्यावसायीहरुले राष्ट्र र अन्तराष्ट्रिय क्षेत्रलाई जवाफ दिनुपर्ने छ । समृृद्धि, दिगो शान्ती सुशासन वा अस्थीर गरिबी बिदेशी थिचोमिचो आदि बाँकेका व्यावसायीहरु कुन धारको नेतृत्व गर्दछन् भन्ने थाहा हुनेछ आसन्न संघको निर्वाचनबाट ।

संघिय लोकतान्त्रिक गणतन्त्रपछि मुलुक सात प्रदेशमा विभाजन भएको छ । प्रदेश नम्बर ५, कर्णाली र सुदुरपश्चिम प्रदेशको प्रमुख शहरको रुपमा स्थापित नेपालगञ्ज शहर पछाडी पर्ने सम्भावना उत्तिकै छ । संघियताले नेपालगञ्जलाई पक्कैपनी ठगेको छ । संघियतापछि सात हजार भन्दा बढी व्यक्तिहरुले यो वा त्यो नामबाट नेपालगञ्ज छोडि सकेको अवस्था
छ । नेपालगञ्जलाई उठाउने सवै क्षेत्रको गन्तव्य बनाउने दोस्रो अभिभार पनि नेपालगञ्ज उद्योग बाणिज्य संघको काँधमा छ । सबै किसिमले यो कामको नेतृत्व चुन्ना भाइको टिमले मात्र गर्न सक्ने देखिन्छ । नेपालगञ्ज क्षेत्रका व्यवसायीहरु सजिलै वहकिने पानीका लौरा होइनन् । किनकी उनीहरुमा नेपालगञ्जलाई जसरी पनी राम्रो बनाउनुपर्छ भन्ने धारणा छ मनमा । नेपालगञ्ज सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको समेत आर्थिक प्रगतिको आशाको किरण जगाउने शहर बन्नुपर्ने देखिन्छ । सामाजिक सन्तुलन समेत कायम राख्नुपर्छ । नेपालगञ्जबासीको गर्विलो इतिहासलाई थप उचाईका साथ निरन्तरता दिनुछ संघको आसन्न निर्वाचनबाट । बाणिज्य संघ व्यवसायीहरुको साझा संगठन वा संस्था हो । बहुदलीय राजनीतिक व्यवस्था रहेको देशमा विचारका आधारमा आफ्ना एजेण्डासहित असल साथीहरुको टिम बनाएर चुनावी मैदानमा आउनु स्वभाविकै हो ।

निर्वाचित भई सकेपछि संस्थाको मर्म भावना र उद्देश्यका साथ सबैलाई समेटेर अगाडी बढाउन सक्ने क्षमता चुन्ना तथा उनको टिममा छ । नेपालगञ्ज बनाउनु छ । यहाँको जनजिवन उठाउनु छ । राष्ट्रिय पुँजीको विकास गर्दै राष्ट्रिय पुँजीपति जन्माउनु छ । नेपालगञ्जमा आज सम्म हुन नसकेका विकास निर्माणका कामहरुलाई अगाडी बढाउनुछ । नेतृत्व निर्माणको विषय बहुत महत्वपुर्ण प्रश्न हो । हामीले इतिहासबाट शिक्षा लिएका छौ । असल नेतृत्वको कारण व्यक्ति समाज र राष्ट्रलाई कति फाईदा हुन्छ भनेर । नेपालगञ्जबासीरुले चुन्ना भाई र उनको टिमलाई चिन्न सक्नुपर्दछ । यिनिले व्यापारीहरुको अनुहारमा उज्यालो ल्याउन सक्छन् ।

व्यापारीहरुमा आत्मविश्वास जगाउँन सक्छन् । आत्मविश्वास जाग्यो भने यो वा त्यो नामबाट नाफा कमाउन नसकेकोहरु नाफा कमाउन सक्नेछन् । नाफा कमाउनेहरु राष्ट्रिय पुँजीपतिको रुपमा उदाउँने छन् । राष्ट्रिय पुँजीको विकास हुँदा देशमा कलकारखाना खोलीने छन् । राष्ट्रिय उद्योगहरु खोलिदा नेपाली युवाहरुले स्वादेशमै रोजगाारी पाउने छन् । देशको अर्थतन्त्रमा सुधार हुनेछ । देशको अर्थतन्त्र सुधार हुदा देश आत्मनिर्भतामा रुपान्तरण हुन्छ । देश आत्मनिर्भर हुँदा विदेशीको थिचोमिचो र उत्पीडन सहनुपर्ने छैन् । लाखौं युवाहरु आफ्नो सुन्दर घर परिवार छोडेर विदेशिन पक्कै पनी पर्ने छैन् । नेपाली युवाहरु कोरिया वा खाडिमा होइन नेपालकै खोरिया र चारकोष झाडीमा काम पाउने बातावरण बनाउन सकिन्छ । नेपालगञ्जका व्यापारी साथीहरुलाई सलाम छ । अभिनन्दन छ राजनीतिक क्षेत्रमा असल प्रतिनिधि छनौट गर्न नसकेता पनि नेपालगज उद्योग बाणिज्य संघमा असल प्रतिनिधि छनौटमा कन्जुसाई गरेका छैनन् । यस पटक पनि असल प्रनिनिधि छनौटमा पछि पर्ने छैनन् ।

समृद्धिका लागि व्यवसायीक एकता आजको आवश्यकता हो एक्लो व्यक्तिले मात्र समाज वा संघ सस्थालाई अगाडि बढाउन सक्दैन । अहिलेको आवश्यकतालाई आत्मसाथ गर्दै सबै क्षेत्र तथा व्यवसायीहरुमा स्थापित साझा उम्मेदवारहरुलाई अगाडी सारेको छ । यसलाई सबैले सकारात्मक मान्नुपर्छ । यस पटक विभिन्न क्षेत्रमा रहेर लामो समयसम्म काम गरेर नेतृत्व गरेका अनुभवि पाका सफल इमान्दार साथीहरु अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’को टिममा उपाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, आदेश अग्रवाल सदस्यहरुमा टंक धामी, अब्दुल वाहिद अन्सारी, श्यामसुुन्दर अधिकारी, चिरन्जीवि ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, विजय भण्डारी, जहाँगिर मुसलमान, सुनिल बाँनिया पप्पु, मन्दिरा पाण्डे, भिम रानाभाट, भिमलाल कँडेल र सिद्धान्तजंग राणा  ‘सिद्धु’ सबैलाई विजयको अग्रीम  शुभकामना ।
यो लेखकको निजि विचार हो । –सम्पादक

  • No tags available
प्रकाशित मिति : २०७६ पुस २१ गते सोमबार