कालिकोटमा दिनदहाडै सरकारी कार्यालयको हाताभित्रै जुवा



कालिकोट ।

जिल्ला मालपोत कार्यालय कालिकोट र नापी कार्यालयको हाताभित्रै सो कार्यालयकै कर्मचारीहरुले दिनदाहाडै जुवा खेल्दै गरेको भेटिएका छन् । मालपोत कार्यालयका कर्मचारी भक्त बहादुर शाही, नापी कार्यालयका कर्मचारी रंग बहादुर बुढा र मालपोत कार्यालयकै अर्का कम्प्युटर अभरेटर बिरेन्द्र बहादुर शाहीलगायतका सरकारी कर्मचारीहरुको समुहले कार्यालयकै हाताभित्र जुवा खेलेका हुन् ।

जुवा खेलिरहेका कर्मचारीहरुले मनोरञ्जनका लागि खेलेको भनेपनि उनीहरुले पैसामा खेलेको फोटोमा देखिन्छ । उनीहरुले यसभन्दा अगाडीका दिनहरुमा पनि यसरी कार्यालयको हाताभित्रै खेल्दै गरेको स्थानियले सुचना दिएपछि पत्रकारको टोलीले जाँदा फेरिपनि हाताभित्रै जुवा खेल्दै गरेको देखेपछि कार्यालय हाताभित्रै पसेर फोटो खिचेका हुन् । यसरी दिनदाहाडै कार्यालयको हाताभित्रै कर्मचारी जस्तो मान्छेले जुवा खेल्नु हुँदैन भन्दा उनीहरुले बिदाको दिनमा खेल्न पाउनु के गलत हो । जे गरे गर्नु होस् भनी पत्रकारलाई जवाफ दिएका थिए । उनीहरुले एक सयको दाउमा ओपना फलास खेलिरहेको देखिएको छ । तर, उनीहरुको अगाडि थुपै पैसाको खात रहेको देखिन्छ ।

यस विषयमा प्रमुख जिल्ला अधिकारी कृष्नचन्द्र पौड्याललाई बिदाको दिनमा सरकारी कार्यालयकै हातामा पैसा राखेर जुवा खेल्न मिल्छ रु भनि प्रश्न गर्दा, उनले बिदाको दिनमा भएपनि कार्यालय हाताभित्र जुवा खेल्न मिल्दैन, यदि खेलेकै हुन् भने हामी कारवाही गर्छौं, उनले भने । ‘मनोरञ्जनको लागि खेलेपनि कार्यालयको परिसरमा यसरी पैसानै राखेर जुवा खेल्न मिल्दैन ।’ साभार ः राजधानी दैनिक

  • No tags available
प्रकाशित मिति : २०७६ पुस १९ गते शनिबार