काठमाडौं । चर्चित अभिनेत्री एवं मोडल रीमा विश्वकर्मा तनावमा परेकी छिन् । आफ्नो सबै सामाजिक सञ्जाल ह्याक भएपछी विश्वकर्मा तनावमा परेकी हुन् ।
‘क्रिसमस इभमा मोबाइल फोन हराएर आफ्नो फेसबुक, इन्स्टाग्राम र जिमेल अकाउन्ट ह्याक भएको जानकारी गराउँदै आफन्त एंव शुभ चिन्तकलाई सजग रहन उनले आग्रह गरेकी छिन् ।
रीमाले हराईएको मोबाइल अन गरेर ह्याकरले फेसबुक, इन्स्टा र जिमेलको पासवर्ड परिवर्तन गरेको बताइन् । उनले आफू बनेर कुराकानी गर्ने व्यक्तिसँग
सजग रहन र रिपोर्ट गर्न सबैमा आग्रह गरेकी छिन् । कमेडी च्याम्पियनकी निर्माता तथा होस्ट समेत रहेकी नायिका रीमाले ह्याकर बिरुद्ध प्रहरीमा उजुरी गरिसकेको बताईन् ।
प्रकाशित मिति : २०७६ पुस १८ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्