कोहलपुर ।
बाँकेको नेपालगञ्जम १३ मा परेको चट्याङका कारण पाँच जना घाईते भएका छन् । शुक्रबार बिहान परेको चट्याङका कारण पाँच जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
कार्यालयले दिएका जानकारी अनुसार एक पशुको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक बीरबहादुर ओलीका अनुसारु नेपालगञ्ज उपमहानगरपालिका–१३ महापुरवामा चट्याङ गरेको हो ।
चट्टयाङ्ग लागेर ५५ वर्षिया श्यामकला खटिक, ४५ वर्षिय, राजितराम खटिक, १८ वर्षिय रामरुप खटिक, र ४ बर्षिय सुबी खटिक घाइते भएको उनले जानकारी दिए ।
घाईतेहरुको सबैको भेरी अस्पताल नेपालगञ्जमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७६ पुस १८ गते शुक्रबार








प्रतिक्रिया दिनुहोस्