कोहलपुर महोत्सवमा शैक्षिक सस्थाले सहकार्य गर्ने



कोहलपुर
पौष २४ गतेदेखि मघ ५ गतेसम्म आयोजना हुने तेस्रो प्रादेशिक औद्योगिक लघु घरेलु कृषि तथा प्रविधी प्रदर्शनी व्यापार एवम् पर्यटन महोत्सवलाई भब्य रुपमा सफल बनाउन निजी शैक्षिक संस्थाहरु सहकार्य गर्ने भएका छन् ।

बुधबार महोत्सव सचिवालय र निजि क्षेत्रका शैक्षिक संठगनहरुको सहभागितामा भएको छलफलमा महोत्सव सफल बनाउनको लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

छदफलमा महोत्सव आयोजजक नीजि शैक्षिक संस्थाहरुका संगठन क्रिसा बाँके, प्याब्सन कोहलपुर नगर समिति र एन ब्याप्सन कोहलपुर नगर समितिका प्रतिनिधीहरुको सहभागिष्ता थियो ।

प्याब्सन बाँकेका बरिष्ठ उपाध्यक्ष दिनेश सिग्देलले महोत्सवका लागि विद्यालयहरुको तर्फबाट आवश्यक पर्ने सहयोगका लागि आप्mनो संगठन प्रतिबद्व रहेको बताए । महोत्सवमा विद्यालयबाट विभिन्न साँस्कृतिक गतिविधि एवम् झाँकी ¥यालीमा सहभागिताको लागि प्याब्सन मातहतका विद्यालयहरुसँग सहजिकरण गरेर सहयोग गर्न प्रतिबद्व रहेको उनले बताए।

र यस्तै प्याब्सन कोहलपुर नगर समिति अध्यक्ष यम बहादुर रावतले विद्यालयहरुबाट उद्घाटन शत्र अघि निकालिने झाँकी ¥यालीमा विद्यालयहरुके उपस्थितिमा प्राथमिकता दिने र विभिन्न कलाकार विद्यार्थीहरुको प्रतिभालाई महोत्सवमा प्रस्तुत गर्ने वातावरण मिलाउन विद्यालयहरुमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै क्रिसा बाँके अध्यक्ष शिव डाँगीले पनि कोहलपुर क्षेत्रमा रहेका क्रिसासँग आबद्व विद्यालय तथा विद्यालयहरुको प्रतिनिधित्व रहने गरी विद्यालयस्तरबाट हुने सबै खाले सहयोगहरु जुटाउने प्रतिबद्वता ब्यक्त गरेका छन् ।

महोत्सव सञ्चालनको दिन नजिकिदै गर्दा महोत्सव आयोजक संस्थाले विभिन्न सरोकारवाला निकाय वा पक्षसँग छलफल तथा आवश्यक सहकार्यका लागि छलफल लगायतका बैठकहरुलाई तिब्र पारेको छ ।

स्थानीय युवा तथा विद्यार्थी संगठन, जनप्रतिनिधिहरु, सामाजिक संघ संस्थाका प्रतिनिधिहरु लगायत अन्य महोत्सवमा सरोकार राख्ने सबै निकायका प्रतिनिधीहरुसँग आवश्यक समन्वय तथा छलफलको गतिविधीलाई निरन्तरता दिइरहेको महोत्सव मूल समारोह समिति संयोजक हेम विक्रम जि।सी।ले जानकारी दिएका छन् । उनका अनुुसार अहिले तयारीका कार्य तीव्र पारिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ पुस १६ गते बुधबार