कोहलपुर । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलद्वारा बाँके राष्ट्रिय निकुञ्जमा भएको हात्ति सफारी उद्घाटन गरेका छन् । बुधबार बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन बृद्धि गर्नका गर्ने उदेश्यले हात्ति सफारी उद्घाटन गरेका हुन् । उद्घाटनको क्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले पहिले आन्तरिक पर्यटकहरु बढाउनुपर्नेमा जोड दिएका थिए ।
वाह्य पर्यटकहरुलाई बसाई लम्याउनका लागि पूर्वाधारहरु निर्मार्ण गर्नुपर्दछ उनले भने हामीसंग पूर्ण रुपमा पूर्वाधारहरु छैनन् । अहिले परिवारीक भमर्णलाई विशेष प्राथामिकतामा राखेको समेत उनको भनाई थियो ।
बाँके राष्ट्रिय निकुञ्जको संक्षिप्त परिचय
बाँके राष्ट्रिय निकुन्ज २०६७ साल ९सन् २०१०० मा स्थापना भएको हो । यसको क्षेत्रफल ५५० वर्ग कि.मि. मा फैलीएको छ । म.क्षे.क्षेत्रफलः ३४३ वर्ग कि.मि. फैलीएको छ । नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्रा्ष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ आषाढ २८ गते बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग कि।मि। क्षेत्र समेटी नेपालको दशौं राष्ट्रिय निकुञ्जको रूपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना भएको छ ।
यस निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिण पूर्व–पश्चिम राजमार्ग रहेको छ । यो निकुञ्ज पाटेबाघ र हात्तीको महत्वपूर्ण वासस्थानको रूपमा रहेको छ । निकुञ्ज भित्र वन्यजन्तु आवतजावतमा अप्ठेरो पर्ने महादेवपुरी दयततभिलभअप क्षेत्र पनि पर्दछ । यहाँ जैविक विविधताको दृष्टिले ८ वटा इकोसिष्टम, १२४ वनस्पति प्रजाति, ३२ प्रजातिका स्तनधारीहरू, ३०० भन्दा बढी प्रकारका चराको प्रजातिहरू, ५८ प्रजातिका माछाहरू, २२ सरीसृप तथा ६ प्रकारका उभयचरहरू पाइन्छन् । सन्य २०१८ को बाघ गणना अनुसार यस निकुञ्रुजमा २१ वटा पाटे बाघ रहेका छन ।
क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा संकटापन्न स्तनधारीहरू र ५० प्रजातिका अन्तर्रा्ष्ट्रिय स्तरमै दुर्लभ चराहरू रेकर्ड गरिएका छन् । बाँके, दाङ र सल्यान जिल्लाको ३४३ वर्ग कि।मि। क्षेत्रलाई समेटेर निकुञ्जसँगै यसको मध्यवर्ती क्षेत्रको पनि घोषणा भएको थियो, जसमा बाँकेका ७, दाङका ३ र सल्यानका साविकका ३ वटा गा।वि।स। पर्दछन् । यी गा।वि।स।मा झण्डै ४३,००० मानिसहरूको बसोबास रहेको छ । यो निकुञ्ज पश्चिममा बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको हुँदा ठूला वन्यजन्तुको लागि एकदमै महत्वपूर्ण बासस्थानको रूपमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्