कोहलपुर :
यूनियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड कोहलपुरमा आवद्ध मिना कुमारी चौधरी सम्मानित भएकी छन् । विगत एक वर्षदेखि अभिकर्ता हुदै एजेन्सी म्यानेजरका रुपमा कार्यरत उनी एम.डि.आर.टी.का रुपमा सम्मानित भएकी हुन् ।
कोहलपुरमा आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मानित गरिएको हो । मिलियन डलर राउण्ड टेवल (एम.डि.आर.टी.) एक अमेरिकी क्लब हो । एम.डि.आर.टी. क्लबमा हुनको लागि कुल ४४ लाख १६ हजार भन्दा बढी प्रथम बीमा शुल्क संकलन गरेको हुनु पर्छ ।
क्लब सँग हाल नेपालका तीन वटा लाईफ ईन्स्योरेन्स कम्पनी सदस्य छन् । चौधरी भने यूनियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट उक्त क्लबमा आवद्ध भएकी हुन् । सम्मान कार्यक्रममा बोल्दै प्रमुख अथिति तथा कम्पनीका प्रादेशिक प्रमुख नारायण पंगेनीले बीमा अहिलेको आवश्यकता भएको बताए । उनले भविश्यको आर्थिक जोखिम कम गर्नको लागि बीमा अनिवार्य रहेको पनि बताए ।
उक्त कार्यक्रममा सिओटीहरु झविन्द्र मरासिनी र बिमल ढकाल तथा एम.डि.आर.टी जीवनारायण बेल्वासे, वरिष्ट एजेन्सी म्यानेजर उद्धव पौडेल र कोहलपुरका शाखा प्रमुख टंक प्रसाद केसी लगायतको सहभागिता रहेको नेपालगञ्ज शाखा प्रमुख उत्तम ढकालले बताए ।कार्यक्रम यूनियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड कोहलपुर शाखाको आयोजनामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस्