कोहलपुर ।
प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियारलाई गृहनगर बाँकेको कोहलपुरमा भव्य स्वागत गरिएको छ । प्रदेश प्रमुख नियुक्त भएपछि पहिलो पटक गृहनगर आईपुगेका उनलाई शुक्रबार भव्य स्वागत गरिएको हो । कोहलपुर नगरपालिका वडा नम्बर १२ र १३ को आयोजनामा भव्य स्वागत तथा सम्मान गरिएको थियो । सम्मान स्वागतपछि बोल्दै प्रदेश प्रमुख परियारले विकासमा कुनै पनि राजनिति गर्न नहुने बताए ।
राजनितिक खिचातानीले विकासमा अवरोध पुग्ने हुदाँ विकासका लागी सबै राजनितिक दलका प्रतिनिधिहरु मिलेर जानुपर्नेमा जोड दिए । प्रदेश प्रमुख परियारले आफु प्रदेश नम्बर २ को प्रदेश प्रमुख भएतापनि आफ्नो गृह जिल्लाको लागी पनि आवश्यक सहयोग गर्न तत्पर रहेको दाबी गरे । गृह नगरमा गरिएको स्वागतले यस क्षेत्रको विकासको लागि आफ्नो जिम्मेवारी थप भएको महशुस भएको उनले प्रतिक्रिया दिए ।
कोहलपुर नगरपालिका १२ निवासी परियारले विभिन्न समयमा बाँके जिल्लाको प्रतिनिधित्व गर्दै मुलधारको राजनितिमा सक्रिय भूमिका निर्वाह गरिसकेका छन् । गत कार्तिक १९ गते राष्ट्रपति विद्यादेवि भण्डारीले सातै प्रदेशका प्रमुख नियुक्त गरेकी थिईन् । यस अघि शेर बहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखको जिम्मेवारी खोसेर नयाँ प्रदेश प्रमुख नियुक्त गरिएको थियो । नेकपाका केन्द्रीय सदस्य तथा पुराना बामपन्थी नेता परिवार प्रदेश नम्बर २ को प्रदेश प्रमुख नियुक्त भएका थिए ।
प्रतिक्रिया दिनुहोस्