महालक्ष्मी विकास बैंकद्धारा विद्यालयलाई खेलकूद सामग्री वितरण



कोहलपुर । 

महालक्ष्मी विकास बैंक शाखा कार्यालय कोहलपुरले एक विद्यालयलाई खेलकूद सामाग्री वितरण गरेको छ । कोहलपुरमा नगरपालिका १५ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीहरुको लागि खेलकूद सामग्री वितरण गरिएको हो । सोमबार एक कार्यक्रमका बीच बैंकले विद्यालयलाई उक्त सामग्री हस्तान्तरण गरेको थियो ।

महालक्ष्मी विकास बैंक शाखा कार्यालय कोहलपुरका प्रबन्धक मंगल रावलका अनुसार सस्थागत सामाजिक उत्तरदायित्व बोध गर्नका लागि वीत्तीय साक्षरता तथा खेलकूद सामग्री हस्तान्तरण कार्यक्रमको आयोजना गरिएको हो । महालक्ष्मी विकास बैंकले बैकिङ कारोबारका साथै सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको बताए ।

उनले बैंक वीत्तीय सेवाका साथै समाजमा सहयोग पुग्ने गरी सामाजिक उत्तरदायित्व अन्तर्गत विविध सामाजिक कार्य गर्दै आईरहेको र सोही क्रममा शाखाले विद्यार्थीहरुलाई अध्ययनको साथ साथै शारिरीक तथा मानसिक रुपमा तन्दुरुस्त राख्न मद्दत पुग्ने गरी विविध खेलकूदका सामग्रीहरु वितरण गरिएको बताए ।

वीत्तीय साक्षरता तथा खेलकूद सामग्री वितरण कार्यक्रममा बोल्दै जिल्ला समन्य समिति बाँकेको सदस्य गुट्टु थारुले थारु समुदायका बालबालिका शिक्षा, स्वास्थ्यका साथै खेलकूद क्षेत्रमा समेत पछाडी रहेकोले बैंक सहयोग प्रति आभार व्यक्त गरे । उनका अनुसार थारु समुदाय शैक्षिक रुपमा निकै पछि छ ।

अहिले सम्म कुनै पनि सरोकारवालाको सहयोग नभएको विद्यालय आएर बैंकले सहयोग गर्दा निकै खुसी लागेको छ । वडा नम्बर १५ का अध्यक्ष पतिराम थारुले महालक्ष्मी विकास बैंकको सहयोग प्रति खुसी व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फत्तु थारुले बैंकले विद्यालय मै आएर सहयोग गरेको भन्दै धन्यावाद ज्ञापन गरे ।

उनले आगामी दिनमा समेत सहयोग र सहकार्यको अपेक्षा विद्यालयले गरेको बताए । फुटबल, भलिबल, पिंग, क्याराम बोर्ड, लुडो र स्पिङ लगायातका सामग्री सहयोग गरिएको थियो ।

स्वागत मन्तव्य विद्यालयका लेखापाल परमानन्द यादवले राखेका थिए भने कार्यक्रमका सञ्चालन बैंक कर्मचारी नैन बहादुर शाहले गरेका थिए । साथै उक्त सहयोग हस्तान्तरण कार्यक्रममा कार्यक्रम सञ्चालक शाहले उपस्थित विद्यार्थी, शिक्षक र अभिभावक हरुलाई बचत किन र केका लागि गर्ने, यसका फाईदा ,रेमिट्यान्स सेवा तथा कर्जा सम्बन्धि जानकारी गराएका थिए । कर्माचारी संगिता रोका र नविन भट्टले उक्त कार्यक्रमा सहजीकरण गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ पुस १ गते मंगलबार