बाँसगढीमा एसियन लाइफ इन्स्योरेन्सको उपशाखा



कोहलपुर ।

बर्दियाको बाँसगढी बजारमा एसियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो कार्यालय सञ्चालनमा ल्याएको छ । एसियन लाइफ इन्स्योरेन्स कोहलपुर शाखा कार्यालयले बाँसगढीमा उपशाखा सञ्चालनमा ल्याएको हो ।

शुक्रबार उपशाखाको एक कार्यक्रमका बिच बाँसगढी उद्योग बाणिज्य संघका अध्यक्ष रामसिंह थारुले उद्घाटन गरेका थिए । विकासको गतीमा अगाडि बढिरहेको बाँसगढी शहरमा विभिन्न संघ संस्थाहरुले आफ्नो शाखा विस्तार गर्नु खुसीको कुरा भएको उनले बताए । ‘बाँसगढी बजार पछिल्लो समय विकसित हुँदै गइरहेको छ’ अध्यक्ष थारुले भने, ‘विभिन्न कार्यालयहरुले आफ्ना शाखा विस्तार गर्दा यहाँको थप विकास हुन्छ ।’

उद्घाटन समारोहमा बोल्दै एसियन लाइफ इन्स्योरेन्स कोहलपुर शाखा प्रबन्धक खुमा कुमारी बुढाले जनतालाई घरदैलोमा नै सेवा पु¥याउने उद्देश्यका साथ उपशाखा कार्यालय सञ्चालनमा ल्याइएको बताइन् । उनले बिमाको बारेमा समेत जानकारी गराएकी थिइन् ।

उद्घाटन कार्यक्रममा ५० भन्दा बढीको उपस्थिती रहेको कोहलपुर शाखाका कर्मचारी जिवन चौधरीले जानकारी दिए । बाँसगढी उपशाखाका इन्चार्ज जयशंकर थारुका अनुसार कार्यक्रममा बाँसगढी उद्योग बाणिज्य संघका उपाध्यक्ष बद्रीनाथ बराल, बढैयाताल उद्योग बाणिज्य संघका अध्यक्ष भोभाकर लामिछाने लगायतले बोलेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २८ गते शनिबार